दीपिका पादुकोण र रणबीर कपूर फेरी एउटै फिल्ममा ?

२०७५ चैत १८ सोमबार १३:०३:०० मा प्रकाशित

एजेन्सी । पूर्व प्रेमी र प्रेमीका रणबीर कपूर र दीपिका पादुकोण फेरी एउटै फिल्ममा काम गर्ने भएका छन् । बाहिरिएको खबर अनुसार यी पूर्व जोडीले लव रञ्जनको आगामी फिल्ममा काम गर्नेछन् ।

यसअघि दीपिका र रणबीर ‘बचना ऐ हसीनो’ , ‘ऐ जवानी, हे दीवानी’ र ‘तमाशा’ मा सँगै काम गरेका थिए । दर्शकले यी सुन्दर जोडीलाई अति नै मन पराएका थिए भने यि तीनै फिल्म सफल पनि भएका थिए ।

यि दुईको प्रेमले बलिउडमा राम्रै चर्चा पाएपनी, उक्त प्रेमले विवाहको रुप भने लिन सकेन । दीपिकाले अर्का नायक रणबीर सिंहसँग विवाह गरिसकेकी छिन् भने रणबीर कपूर पनि आलीया भट्टसँग विवाह गर्ने सुरसारमा छन् ।

ब्रेकअपपछि पनि मित्रताको सम्बन्ध नछोडेका यि दुईले नयाँ फिल्ममा काम गर्ने समाचार चर्चित बनेको छ । इन्डियन एक्सप्रेसले श्रोतलाई उद्दृत गर्दै लेखेको छ, ‘ यो कुरा सत्य हो, तर यो विषय लिखित रुपमा पक्का भइसकेको छैन, त्यहि कारण यो घोषणा नगरिएको हो । ’

यि दुईको फिल्म एक्सन थ्रिलर हुने थाहा भएको छ । उक्त फिल्ममा अर्का स्टार अजय देवगन पनि हुने भनिएको छ ।

यि तिनै स्टारहरु अहिले आफ्नो अन्य फिल्ममा व्यस्त भएकाले कागजी काम पुरा हुन नसकेको बताइएको छ ।

दीपिका र रणबीर हालसालै एक घरेलु जनावर सम्बन्धी काम गर्ने कम्पनीको विज्ञापनमा पनि आएका छन् । यहि वर्षको अन्त्यसम्ममा आइसक्ने भनिएको यस फिल्मको नाम भने अहिले तय भइनसकेको बताइन्छ ।

 

ताजा खबर