नायिका ऐश्वर्या रायको निर्देशक बन्ने इच्छा

२०७५ चैत १८ सोमबार १२:३६:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा राम्री नायिकाको दर्जा पाएकी ऐश्वर्या राय बच्चनले पछिल्लो वर्ष ‘फन्ने खाँ’ फिल्ममा काम गरेकी थिइन् ।

उक्त फिल्मले राम्रो कमाइ पनि गरेको थियो ।स्टार सिंगरको भुमिका निभाएकी ऐश्वर्याको कामको पनि प्रशंसा भएको थियो ।

उनले आफुले फिल्म उद्योगमा दृढ नायिकाको रुपमा चिनिन्छीन् । उनलाई निर्देशनको विषयमा प्रश्न गर्दा निर्देशन आफ्नो सोचमा भनेको रहेको बताएकी छिन् ।

लामो समयदेखि अभिनयमा जमेकी ऐश्वर्याले निर्देशकको हैसियतमा काम गर्न इच्छा भएको बताएकी छिन् ।  उनले कुनै फिउनले आफुलाई निर्देशक बन्न साथी तथा हितैषीहरुले घच्घचाइरहेको खुलासा गरेकी छिन् ।

डीएनएसँगको अन्तर्वार्तामा ऐश्वर्याले भनिन्, ‘फिल्म बनाउने विषयमा धेरै नै कुरा भइरहेको छ । मैले मानिसहरुको प्रतिक्रियाहरु पनि पाइरहेको छु , यसले मलाई एकदम प्रेरणा दिइरहेको छ । मैले यसमा गम्भीर भएर सोच्नु पर्नेछ ।’

आफुलाई साथीहरुले पनि निर्माता अथवा निर्देशक बन्न सधैं भनिरहेको उनले खुलासा गरेकी छिन् । उनले निकट भविष्यमा आफुले निर्देशनमा हात हाल्ने पक्का पक्की नै भएको तर मिति भने टुंगो नलागेको बताएकी छिन्  ।

 

ताजा खबर