करीनाले पनि खेल्ने भइन् ‘हिन्दी मिडियम’ को सिक्वेलमा

२०७५ चैत १७ आइतबार १२:४८:०० मा प्रकाशित

एजेन्सी । नायिका करीना कपूर खानले ‘हिन्दी मिडियम’ को सिक्वेलमा खेल्ने भएकी छिन्  । नायक इरफान खानको सफल चलचित्र ‘हिन्दी मिडियम’ को सिक्वेल ‘इंग्लिस मिडियम’ मा करीना प्रहरी अधिकृतको भुमिकामा देखिइने दाबी गरिएको छ ।

क्यान्सर रोगबाट थलिएका इरफान खान उपचारपछि फर्किएपछि नै बनाउने भनिएको यस फिल्ममा काम गर्न करीना उत्साहित रहेको बताइएको छ ।

अप्रिल महिनाको अन्त्यदेखि शुटिङ शुरु हुने यस फिल्ममा करीना इरफानको अपोजिटमा देखिने छिन् । करीना हाल ‘तख्त’ को शुटिङमा व्यस्त भएकाले आगामी मे महिना देखि मात्र यस फिल्ममा काम गर्नेछिन् ।

करीनाको १९ वर्षे फिल्मी करियरमा उनी पहिलो पटक प्रहरीको भुमिकामा देखिन लागेकी हुन् । त्यस्तै इरफान पनि लामो समयपछि पहिलो पटक यस फिल्ममा काम गर्न लागेको बुझिएको छ ।

 

ताजा खबर