‘भारत’ मा केटरीनाको जीवनकै उत्कृष्ट भूमिका

२०७५ चैत १७ आइतबार ११:३०:०० मा प्रकाशित

एजेन्सी । मोडलिङबाट बलिउडमा आएकी नायिका केटरीना कैफ अहिले ‘भारत’ फिल्मको शुटिङमा व्यस्त छिन् ।

नायक सलमान खानसँगै काम गरिरहेकी केटरीना यस फिल्ममा आफुले पाएको भुमिकाप्रति दंग छिन् । उनले आफ्नो यो भुमिका फिल्म जिवनकै उत्कृष्ट रहेको बताएकी छिन् ।

अली अब्बास जफरले निर्देशन गरेको ‘भारत’ फिल्मको कथा सुनेदेखि नै केटरीना उत्साहित रहेको बताइएको छ । जफरसँग मित्रताको सम्बन्ध रहेकी केटरीनाले निर्देशकको पनि खुलेर प्रशंसा गरेकी छिन् ।

नायिका केटरीना जूम टिभीसँग कुरा गर्दै भनिन्, ‘ भारतमा मैले निभाएको भुमिकाप्रति म एकदम खुशी छु । यस फिल्ममा काम गर्दा म हरेक दिन उत्साहित थिएँ । मेरो जिवनको उत्कृष्ट भुमिका भएकोले म यस फिल्मप्रति आशावादी छु र सबैलाई मेरो काम यस फिल्ममा देखाउन उत्साहित छु । ’

आगामी जुन ५ अर्थात् इदको अवसरमा रिलिज हुने यस फिल्मलाई बलिउड प्रेमीहरुले व्यग्र प्रतिक्षा गरिरहेको बताइन्छ ।

 

ताजा खबर