ठगीको आरोप लाग्यो नायिका अमीषा पटेललाई

२०७५ चैत १५ शुक्रबार १६:२५:०० मा प्रकाशित

एजेन्सी । केहि पहिले सफल नायिकाको रुपमा बलिउडमा स्थापित भइसकेकी अमीषा पटेल पछिल्लो समय फिल्महरुमा त्यति देखिएकी छैनन् ।

फिल्ममा नआएपनि उनीसँग सम्बन्धित अन्य समाचारले भने अमीषा समाचारमा आइनै रहन्छिन् । विशेषगरी फिल्म भन्दापनी उनको अन्य काण्डमा नाम आउने गरेको छ । 

हालै यस्तै एउटा ठगी काण्डमा उनको नाम जोडिएको छ । फिल्म निर्माता अजय कुमार सिंहले उनलाई साँढे दुई करोड भारु ठगीको आरोप लगाएका हुन् । 

मुम्बई मिररले जनाए अनुसार अमीषाले कुन्नाल गु्रमरसँग बनाएको फिल्म ‘देशी मेजिक’ को लागि अजयसँग पैसा लिएका थिए । अजयका अनुसार सन् २०१३ मै बनाउन शुरु गरिएको फिल्म रिलिज हुनासाथ ब्याजसहित पैसा दिने शर्त भएपनि अमीषाले पैसा दिन आनकानी गरिरहीन् । 

लामो समयसम्म फिल्म रिलिज नभएपछि अजयले पैसा माग्दा अमीषाले तीन करोडको चेक दिएकी थिइन् । उक्त चेक बापत् पैसा लिन जाँदा चेक नै बाउन्स भएपछि अजयले अमीषालाई यसबारे भन्दा अमीषाले धम्काएको अजयको दाबी छ । ठुला ठुला व्यक्तित्वहरुसँगको फोटो देखाइ उनलाई हप्काएपछि अजयले कानूनी उपचार खोजेको बताइएको छ । 

लामो समयदेखी धोखा दिइको कारण अजयले राँची अदालतमा उजुरी दर्ता गराइ कानूनी रुपमा नोटिस नै पठाएको थाहा भएको छ । 

यसबारेमा हालसम्म अमीषाको कुनै भनाइ बाहिर आएको छैन । 

बलिउड करियरको पहिलो दुई फिल्म ‘कहो ना प्यार हे’ र ‘गदर, एक प्रेम कहानी’ मा काम गरिसकेकी अमीषा पछिल्लो समय भने चल्न सकेकी छैनन् । 
 

ताजा खबर