भंशालीको फिल्ममा काम गर्न दीपिकाको यस्तो शर्त

२०७५ चैत १५ शुक्रबार १२:४१:०० मा प्रकाशित


एजेन्सी । बलिउडमा थुप्रै चलचित्रमा एकै पटक काम गर्न रुचाउने निर्देशक हुन्, सञ्जय लिला भंशाली ।

ठुला स्टारहरु लिइ ठुलो बजेटको फिल्म बनाउन माहिर यि निर्देशक पछिल्लो समय गीतकार साहिर लुधियानवी र कवियत्री अमृता प्रितमको जिवनीमा आधारित फिल्म बनाउन कस्सिएका छन् ।

यस फिल्मको लागि भंशालीले अभिषेक बच्चनलाई कास्ट गरिसकेको खबर बाहिरिएको छ । अभिषेकले साहिरको भुमिका निभाउने बताइएको छ । त्यस्तै अमृताको भुमिकाको लागि यसअघि तापसी पन्नूको नाम चलेपनि भंशालीको पहिलो छनौट दीपिका पादुकोण रहेको बताइएको छ ।

यसअघि भंशालीको फिल्म ‘पद्यावत’ मा काम गरेर चर्चित भएकी दीपिका यस फिल्मको लागि तयार भएको तर एउटा शर्त राखेको खबर बाहिरिएको छ ।

यस फिल्मको नाम साहिर लुधियानवी राख्न लागिएकोमा दीपिकाले यस फिल्म पुरुष भुमिकाको मात्र नाम भएको र यसमा अमृता प्रितमको पनि नाम राख्नुपर्ने शर्त राखेको थाहा भएको छ ।

यस फिल्मको नाम ‘साहिर और अमृता’ राख्नु उपयुक्त हुने उनले बताएकी छिन् । दीपिकाको शर्त मान्न कठिन नभएको र दीपिकाको स्टारडमको महत्व बुझेकाले पनि भंशाली यसमा सहमत भएको बताइएको छ ।

फिल्मबारे औपचारिक रुपमा भंशालीले केहि नभनेकाले केहि दिनमा यसबारे बाँकि तथ्य खुल्ने दाबी गरिएको छ ।  

 

ताजा खबर