कार्तिक र अनन्याको प्रेममा सारा अली खान भिलेन ?

२०७५ चैत १४ बिहीबार १६:३१:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा उदाइरहेका नयाँ कलाकारहरु कार्तिक आर्यन, अनन्या पाण्डे र सारा अली खान बिचको त्रिकोणात्मक प्रेम कहानी चर्चित बनेको छ । 

बाहिर खुलेर नभनिएपनि यि युवा कलाकारहरुको बारेमा मिडियामा राम्रै चर्चा भइरहेको छ । 

पछिल्लो समय बाहिरिएको खबर अनुसार अनन्या पाण्डे र कार्तिक आर्यनबिच प्रेम पलाएको छ । यि दुई अहिले डेट गरिरहेका छन् । 

तर हालसालै आफ्नो प्रेमी सुशान्त सिंह राजपुतसँग ब्रेकअप गरेकी नायिका सारा अली खानको कार्तिक आर्यनसँग अस्वभाविक हिमचिम बढसँगै अनन्या चिन्तामा परेकी छिन् । 

कार्तिक र सारा अहिले ‘लभ आजकल २’ फिल्ममा सँगै काम गरिरहेका छन् । पूर्व प्रेमीसँग सम्बन्ध तोडेकी सारा रिलेसिनशिपको लागि खुला रहेको कारण पनि अनन्या डाहाले भुतुक्कै भएको आरोप लागेको छ । 

सैफ अली खान र अमृता सिंहकी छोरी सारासँग सम्बन्ध गास्नु कार्तिकको करियरको लागि सहयोगी हुने बुझेकी अनन्याले आफु त्रिकोणात्मक प्रेमको चेपुवामा पर्न लागेको भन्दै रिसाउन थालेको दाबी गरिएको छ । 

अझ विशेषगरी ‘कफि विथ करण’ शो मा साराले कार्तिक आफ्नो ‘क्रश’ भएको बताएको खबरले पनि साराको झुकाव उनिसँगै ह्वात्तै बढेको खबरहरु आइरहेको छ । 

यस विषयमा सबैभन्दा बढि अनन्याको तर्फबाट मात्र कुराकानी आएको तर सारा र कार्तिक चुप बसेकोले वास्तविक कुरा अझै बाहिर आउन नसकेको बताइन्छ ।  
 

ताजा खबर