दीपिकासँग अहिलेसम्म काम नगर्नुको कारण खोले सलमानले

२०७५ चैत १४ बिहीबार १६:०८:०० मा प्रकाशित

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानले थुप्रै्र नायिकासँग काम गरेपनि चर्चित नायिका दीपिका पादुकोणसँग अहिलेसम्म एउटै फिल्ममा देखिएका छैनन् ।

कतिपयले यसमा धेरै शंका जताएपनि वास्तवमा सलमानले अहिलेसम्म दीपिकासँग काम नगर्नुको कारण एक अन्तर्वार्तामा खोलका छन् ।

कुराकानीका क्रममा सलमान आफु यस तथ्यबाट अचम्मीत भएको बताएका छन् । यति धेरै फिल्ममा काम गरेका उनले दीपिकासँग अहिलेसम्म कुनै फिल्म नखेलिनुको कारण अरु केहि नभएर हालसम्म कुनै प्रस्ताव नै नआउनु रहेको बताए । 

सलमानका अनुसार दीपिका उच्च स्तरकी नायिका रहेको कारणले पनि उनी र सलमानको फिल्मको लागि दमदार कथावस्तु चाहिन्छ । त्यस्तो सुहाउँदो कथा नआएकोले पनि हालसम्म कुनै प्रस्ताव नखाएको हुन सक्ने उनले अनुमान गरेका छन् । 

भविष्यमा यस स्टार जोडीको फिल्म आउन सक्नेमा बलिउड पण्डितहरु आशावादी छन् । सलमान हाल ‘भारत’ फिल्मको शुटिङमा व्यस्त छन् भने दीपिका ‘छपाक’ फिल्मको लागि कठिन मेहनत गर्दैछीन् ।
 

ताजा खबर