पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा ढकाल

२०७४ भदौ १ बिहीबार ०५:४९:०० मा प्रकाशित

काठमाडौँ, १ भदौ ।  पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाललाई नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै डा ढकाललाई चारवर्षे कार्यकालका लागि सदस्य सचिवमा पदमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा स्नातकोत्तर गरेका ढकालले बनारस हिन्दू विश्वविद्यालयबाट “हिन्दू धर्ममा शान्तिको अभियान” विषयमा विद्यावारिधी गरेका छन् ।  

डा ढकाल एसिया प्रशान्त शान्ति अनुसन्धान संघको महासचिवसमेत हुन् । उनले बुधबार नै कोषको कार्यालय पुगी पदभार ग्रहण गरेका छन् ।  पदभार ग्रहणसँगै उहाँले पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

ताजा खबर