जोन अब्राहम फिल्म बनाउँदै

२०७५ चैत १४ बिहीबार १३:०९:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायक जोन अब्राहमले फिल्म बनाउने खबर बाहिरिएको छ । उनको बाइकर्सको बारेमा फिल्म बनाउने बताइएको छ ।

बलिउडका ह्याण्डसम नायक जोन मोटरबाइकको सौखिन हुन् । उनीसँग विभिन्न बाइकको संग्रह नै रहेको छ । सन् २००४ मा उनले ‘धूम’ फिल्ममा काम गर्दा आफुलाई बाइक प्रति विशेष लगाव रहेको बताएका थिए ।

उनले बनाउने फिल्मको नाम टुंगो नलागेपनी उक्त चलचित्रमा उनी आफैं मुख्य भुमिकामा देखिने बताइएको छ । उनले बनाउने फिल्म बाइक राइडर्सकै विषयमा हुने र सम्भवतः बाइक रेसको बारेमा पनि हुन सक्ने भनिएको छ ।

खबरहरुको अनुसार उनले पछिल्लो दुई वर्षदेखि यसखाले फिल्मको बारेमा अनुसन्धान गरिरहेको र हाल आएर फिल्म बनाउन तयार भएको बताइएको छ ।

 

ताजा खबर