४४ वर्षिय अक्षय खन्ना यसकारण अविवाहित

२०७५ चैत १४ बिहीबार १२:४२:०० मा प्रकाशित


एजेन्सी । बलिउडमा स्टार परिवारमा जन्मिनु धेरैको भाग्यको विषय नै हो । स्टार परिवारमा जन्मेका सन्तानले फिल्म खेल्न चाहेमा खासै कष्ट गुर्न नपर्ने तथा कतिपय स्टारले आफ्नो सन्तानको लागि आफ्नै लगानीमा पनि फिल्म बनाउने गरेका छन् ।

कतिपय कलाकारको लागि भने यो अवस्था खासै फलदायी देखिएको छैन । यस्तै स्टार परिवारमा जन्मेर पनि खासै माथी उठ्न नसकेका बलिउड नायक हुन्, अक्षय खन्ना ।

विनोद खन्नाका छोरा अक्षय जिवन्त अभिनयका लागि प्रख्यात छन् । स्टार परिवार भएकाले उनलाई फिल्मको कमि त छैन, तर अति सफल फिल्म भने उनले जिवनमा पाउन सकेका छैनन् ।

४४ वर्षका अक्षयको सबैभन्दा सफल फिल्म ‘दिल चाहता है’ नै हो । त्यसको लागि उनले ‘बेष्ट सर्पोटिङ एक्टर’ को अवार्ड नै जितेका थिए । त्यसयता ‘हंगामा’, ‘हलचल’, ‘रेस’ जस्ता फिल्ममा काम गरिसकेका छन् । यि सबै फिल्मले औसत सफलता भने पाएको थियो ।

स्टार परिवार र राम्रा अभिनेता भएर पनि हालसम्म अक्षय अविवाहित छन् । यसअघि उनको नायिका करिष्मा कपूरसँग बिहे हुने लगभग पक्का नै थियो ।

करिष्माका पिता रणधीर कपूर र अक्षयका पिता बिनोद खन्ना यो विवाहको लागि तयार थिए भने करिष्मा र अक्षय पनि यसको लागी तयार नै थिए । यस्तोमा करिष्माकी आमा बबीता कपूरले त्यसबेला करिष्मा बलिउडमा सफल भएकाले बिहे गर्नु उपयुक्त नहुने भन्दै बिहे नै भाँडेकी थिइन् ।

तय जस्तै भइसकेको बिहे भाँडिएपछि अक्षयको फेरी विवाह गर्ने साइत नै जुरेन । करिष्मा पछि तारा शर्मा, रिया सेन र बेलायती मोडल सेरासँग उनको सम्बन्ध रहेको हल्ला चलेपनि उनको विवाहको लगन कहिल्यै जुरेन ।

अर्कोतर्फ सन् २००३ मा संजय कपूरसँग विवाह गरेकी करिष्माको भने सन् २०१६ मा डिभोर्स नै भइसक्यो । डिभोर्स हुने क्रममा करिष्माले आफ्नो वैवाहिक जिवन कहिल्यै खुशी नभएको बताएकी थिइन् ।

 

ताजा खबर