जथाभावी कमेन्ट गर्नेलाई सोनाक्षीको यस्तो जवाफ

२०७५ चैत १३ बुधबार १३:०६:०० मा प्रकाशित

एजेन्सी । बलिउडकी दबंग गर्ल सोनाक्षी सिन्हा दर्शकहरु माझ लोकप्रिय नाम हो । राम्रो कलाकारिता र सहज व्यवहारको कारण सोनाक्षीको समर्थक ठुलो रहेको छ ।

यतिका बावजुद केहिले भने सोनाक्षीको इन्स्टाग्राममा हालै सार्वजनिक एक फोटोमा नकारात्मक टिप्पणी गरेका छन् । उक्त तस्विरमा सोनाक्षीले रातो गाउन लगाएकी थिइन् ।

बलिउड नायक तथा निर्देशक अरबाज खानको नयाँ शो ‘क्विक हिल पन्च’ मा पाहुना बनेकी सोनाक्षीसँग यहि विषयमा कुरा भएको थियो । अरबाजले सोनाक्षीमाथी लेखिएको कमेन्टहरु पढेर सुनाउँदै त्यसबारे सोनाक्षीको धारणा के छ भनेका थिए ।

‘बिकिनी लगाउ, खुलेर देखाउ, अनि बल्ल फिल्म पाउँछौ, नत्र खाली बस’ भन्दै पहिलो कमेन्ट अरबाजले पढेका थिए । दोश्रोमा, ‘सोनाक्षी पहिला पनि राम्री थिइनन्, अहिले पनि छैनन ।’ त्यस्तै तेश्रोमा, ‘तिमिले जति व्यायाम गरेपनि, तिमी मोटी नै थियौ र मोटी नै हुन्छौ ।’

अरबाजले मजाक गर्दै सोनाक्षीलाई सोसल मिडियामा सोनाक्षी प्रति धेरै नै चासो रहेको देखिएको बताएका थिए ।

त्यसपछि बोल्दै सोनाक्षीले भनिन्, ‘म दबंग गर्ल हुँ । यस्ता कमेन्टहरु मेरो लागि मनोरञ्जन मात्र हुन् । यि मानिसहरुसँग मेरो कुनै परिचय छैन । यिनीहरुको मुहार छैन । ’

उनले आफुलाई लाज लाग्ने पहिरन आफुले कहिले नलगाउने तर उक्त पहिरनमा देखिएको शरिर कपडा नै भएको बताइन् । आफुले आफ्नो शरिर देखाउन त्यस्तो लुगा नलगाएको पनि उनले बताएकी छिन्  ।

सोनाक्षीले लगाएको उक्त गाउन केहि हदसम्म पारदर्शी रहेको कारण देखाउँदै कतिपयले उनलाई भारतीय संस्कार खराब पारेको आरोप पनि लगाएका थिए ।

उनले हास्दै भनिन् , ‘हाम्रो संस्कार जोगाउने सबैजना इन्स्टाग्राममा बसेका छन् । विदेशी नायिकाको बिकिनी लगाएको फोटो लाइक गर्ने अनि तिनलाई फलो गर्ने पनि यिनै मानिस हुन् ।’

 

ताजा खबर