सभासद सिन्धुले ल्याईन् तीज गीत

२०७४ श्रावण ३२ बुधबार १७:३३:०० मा प्रकाशित

काठमाडौं, ३२ साउन । गायिका सिन्धु जलेशा वुढाथोकीले तीजको गीत बजारमा ल्याएकी छिन् । आफ्नै शब्द तथा स्वर रहेको उनको दुई गीतका भिडियो पनि तयार भएको छ ।

एमाले नेता प्रदिप ज्ञवालीले सिन्धुका दुइ गीत सार्वजनिक गरेका थिए । उनी एमालेबाट जनजाती कोटामा सभासद बनेकी हुन् ।

नेता ज्ञवालीले भिडियो हेरेपछि सिन्धुको प्रशंसा पनि गरे । सिन्धुले सार्वजनिक गरेको राष्ट्रियभावको भिडियोमा भूपेन्द्र अधिकारीको सम्पादन र रमेश कोइरालाको निर्देशन छ भने भिडियोलाई पनि यही टिमले निर्माण गरेको हो।
 

ताजा खबर