आलीया भट्ट उत्कृष्ट अभिनेत्री, रणबीर बने उत्कृष्ट नायक

२०७५ चैत १० आइतबार १३:०२:०० मा प्रकाशित

एजेन्सी । ६४ औं फिल्मफेयर अवार्डमा ‘लभ बर्ड’ आलीया भट्ट र रणबीर कपूरले उत्कृष्ट नायिका र नायकको अवार्ड जितेका छन् ।

गएराती सम्पन्न भएको कार्यक्रममा आलीयाले ‘राजी’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् । त्यस्तै नायक रणबीर कपूरलाई ‘सन्जू’ फिल्मको लागि उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त भयो । यि सफल जोडी निकट भविष्यमा विवाह बन्धनमा बाँधिइदैछन् ।

उक्त अवार्ड कार्यक्रममा ‘राजी’ फिल्म सर्वोत्कृष्ट ठहरिएको छ भने रणबीर सिंहलाई उत्कृष्ट पुरुष अभिनेताको अवार्ड प्राप्त भएको छ । फिल्म ‘पद्यावत’ को लागि उनले उक्त अवार्ड पाएका हुन् भने उत्कृष्ट महिला अभिनेत्रीको अवार्ड ‘बधाई हो’ फिल्मकी नायिका नीना गुप्ताले पाएकी छिन् ।

उत्कृष्ट निर्देशकको अवार्ड ‘राजी’ को लागि मेघना गुल्जारले पाइन् भने उत्कृष्ट पाश्र्वगायन पुरुषको अवार्ड अरिजित सिंहले पाए । उनको ‘राजी’ फिल्मको ‘ऐ वतन’ गीतले उनलाई फिल्मफेयर दिलायो ।

त्यस्तै उत्कृष्ट पाश्र्वगायन महिलाको अवार्ड भने श्रेया घोषाले जितिन् । उनले गाएको ‘पद्यावत’ फिल्मको ‘घूमर’ बोलको गीतले उनलाई उत्कृष्ट दिलायो ।

त्यस्तै उत्कृष्ट डेब्यू पुरुषको अवार्ड ‘बियोन्ड द क्लाउड’ का ईशान खट्टरले पाएभने उत्कृष्ट डेब्यू महिलाको अवार्ड ‘केदारनाथ’ की नायिका सारा अली खानले पाइन् ।

 

 

 

ताजा खबर