कवि तीर्थको कवितारुपी फेवा तालमा नौका विचरण

२०७५ चैत ९ शनिबार ०७:४२:०० मा प्रकाशित


काठमाडौं । सुपरिचित कवि तीर्थ श्रेष्ठका कवितासँग अपरिचित साहित्यप्रेमीको संख्या निकै थोरै होला जसले उनका कविताको फेवा तालमा नौका विचरण नगरेको होस् । यहाँ तिनै कवि तीर्थ श्रेष्ठको सायद नवीनतम कविताबाट पाठकलाई रसास्वादन गर्ने सुविधा मिलोस् भनेर सरल पत्रिका न्यूज पोर्टलमा साभार गरिएको छ ।

शीर्षकबिनाको कविता यति रसिलो छ कि प्रत्येक पाठकले आफ्नो मनमा छल्किने तरंग अनुसारको शीर्षक चुनेर कविताको बान्की बनाउने सुविधाको उपयोग गर्न सक्छ । यहाँ प्रस्तुत छ कवि तीर्थ श्रेष्ठको रोचक कविता:


तिमी नहुनुको अँध्यारोले धरापमा छु
लाग्छ नगरेको अपराधको सरापमा छु

पूण्य गर्छु भनेर त केही गरेको छैन
कसैलाई अन्याय नगरेको पापमा छु

जाडो छ बाहिर ज्यान कठ्याङ्ग्रीएकोछ
यस्तो हिउँदमा पनि भित्र भित्रै तापमा छु

मुस्कानको फूल फुलाउने रहर थियो कतै
जिन्दगी नै कहर भयो त्यसैले सन्तापमा छु

अब प्रतीक्षा ब्यर्थ छ भन्छ यहाँ यो मनले
म भने फेरि पनि तिम्रै नामको जापमा छु ।

ताजा खबर