जेट एयरवेजका कर्मचारीसँग भड्किइन् नायिका मौनी

२०७५ चैत ८ शुक्रबार ११:४५:०० मा प्रकाशित


एजेन्सी । भारतीय टेलिभिजन र बलिउडकी चर्चित नायिका मौनी राय आफ्नो सुन्दरताको लागि चर्चित छिन् ।

नायिका मौनीको नयाँ फिल्म ‘रोमियो, अक्बर वाल्टर’ यहि अप्रिल १२ मा रिलिज हुँदैछ ।

पछिल्लो समय भने उनि आफ्नो ट्वीटको कारण चर्चित भएकी छिन् । उनले हालसालै जेट एयरवेजबाट यात्रा गर्ने क्रममा एयरलायन्सका कर्मचारीको व्यवहार नराम्रो भएको बताएकी छिन् ।

वास्तवमा उनी यात्राको क्रममा आफुलाई विन्डो सिट मागेकोमा एयरलायन्सको कर्मचारीले बिचको सिट दिएपछि भड्किएकी थिइन् । मौनीले ट्वीटरमा लेखे अनुसार अन्य सिटहरु खाली भएपनि एयरलायन्सकी कर्मचारीले आफुलाई बिचको सिट जबरजस्ती लादेको जानकारी दिइन ।

उनले ट्वीटमा लेख्दै, आफ्नो नराम्रो दिन हुँदा अरु व्यक्तीहरुलाई यस्तो विष वमन गर्दै हिड्ने कर्मचारीहरुलाई एयरलायन्समा नराख्न पनि सुझाव दिएकी छिन् ।

पछिल्लो समय घाटामा गएको जेट एयरवेजले धेरै गन्तव्यको फ्लाइटहरु रद्द गरिसकेको छ भने कर्मचारीहरुको तलब पनि दिन नसक्ने अवस्थामा पुगेको छ ।

 

ताजा खबर