पिता ऋषि कपूरको बारेमा यस्तो बताए रणबीरले

२०७५ चैत ७ बिहीबार ११:२९:०० मा प्रकाशित

एजेन्सी । बलिउडका सफल नायक रणबीर कपूर पछिल्लो समय नायिका आलीया भट्टसँगको सम्बन्धका कारण चर्चित छन् ।

सफल फिल्महरुमा काम गर्नुका साथै आलीयासँगको विवाहको कारण समाचारमा आइरहने रणबीरले आफ्ना बिरामी पिता ऋषि कपूरको बारेमा सार्वजनिक रुपमा केहि भन्ने गरेका थिएनन् ।

पछिल्लो समय ऋषि कपूर उपचार सकेर भारत फर्किने हल्ला चलेसँगै पत्रकारहरुले रणबीरलाई उनको बारेमा नियमित रुपमा प्रश्न सोध्ने गरेका छन् ।

लामो समयसम्मको मौनता तोड्दै रणबीरले भने आफ्नो पिता अहिले स्वस्थ रहेको र छिट्टै स्वदेश फर्किने बताए । आफ्नो फिल्म लगायतका कामको कारण व्यस्तताको कारण परिवारलाई समय दिन नसकेपनि उनले सबैको प्रार्थनाले आफ्नो पिता ठिक हुने र छिट्टै फर्किने आफ्नो विश्वास रहेको बताएका छन् ।

यसअघि ऋषि भारत फर्के लगत्तै रणबीर र आलीयाको विवाह गराउने खबर बाहिरिएको थियो ।

रणबीरले पछिल्लो समय आफु ‘ब्रम्हास्त्र’ फिल्ममा व्यस्त भएको र अबको करिब डेढ महिनामा यसको काम सकिने पनि जानकारी दिएका छन् ।

 

ताजा खबर