पहिलोपटक पत्रकारसँग रिसाए अक्षय कुमार

२०७५ चैत ४ सोमबार ११:४२:०० मा प्रकाशित

एजेन्सी । बलिउडका सफल नायकमा दरिएका अक्षय कुमार कलाकारिता मात्रै नभइ भद्र स्वभावका लागि पनि चिनिने गरेका छन् ।

व्यक्तिगत स्वास्थ्यमा अति सजग यि नायकमा कुनै खराब लत पनि नरहेको बताइन्छ । फिटनेसको लागि कडा नियम पालना गर्ने कारण पनि अक्षयलाई मन पराउने समर्थकको संख्या ठुलो छ ।

शान्त स्वभावका व्यक्ति भएपनि हालसालै उनि एक कार्यक्रममा रिसाएका छन् । आफ्नो आगामी फिल्म ‘केसरी’ को प्रवद्र्धन गर्न आयोजित कार्यक्रममा भारतीय पत्रकारको तुक विहिन प्रश्न आएसँगै रिसाएका हुन् ।

भारतीय पत्रकारले उनको फिल्म ‘केसरी’ को कुरा चल्दा अर्का अभिनेता अजय देवगन र उनले काम गरेको पान मसलाको विज्ञापनको बारेमा प्रश्न सोधेका थिए । अजयको केसर मिसाएका पान मसलाको विज्ञापन र ‘केसरी’ फिल्मलाई एउटै किसिमले मुल्यांकन गरेका उक्त पत्रकारको प्रश्नले अन्य पत्रकार पनि अचम्मीत भएका थिए ।  

सधैं हासिरहने अक्षय उक्त प्रश्नपछि हल्का रिसाएको भावमा असन्तुष्टी व्यक्त गर्दै आफुले यस्तो प्रश्न आफुलाई गरिन्छ भनेर कहिल्यै नसोचेको बताए । उनले भने, ‘मैले यो प्रश्नको जवाफ दिन बाँकि जिन्दगीभर प्रयास गरेपनि सक्दीन । ’

उनको उक्त जवाफ पछि भारतीय पत्रकार चुप बस्नुको विकल्प रहेन ।

फिल्मको पुरा टोलीसँग रहेका उनको यस्तो भाव पहिलो पटक आएको बताइएको छ । रिलिज हुने क्रममा ‘केसरी’ बाहेक अक्षय अहिले ‘गुड न्यूज’ को शुटिङमा व्यस्त रहेका छन् ।

 

ताजा खबर