टिभी च्यानल खोल्दैछन् सलमान खान

२०७५ चैत ३ आइतबार १३:२१:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा तहल्का मच्चाउँदै आएका सलमान खानको क्रेज टिभीमा पनि उत्तिकै छ ।

‘बिग बोस’ र ‘दशका दम’ जस्ता चर्चित शो हरुमा काम गरिसकेका सलमानले नयाँ टिभी च्यानल खोल्न लागेको हल्ला भारतीय मिडियामा व्याप्त भएको छ ।

हालसम्म उनकै नेतृत्वमा एउटा प्रोडक्सन हाउस रहेको छ । एसकेटिभी नामक यहि कम्पनी अन्तर्गत नै ‘द कपिल शर्मा शो’ को नयाँ शुरु हुन सम्भव भएको थियो । नयाँ टिभी च्यानलको लागि लाइसेन्स लिने प्रक्रियामा रहेको र लाइसेन्स आएलगत्तै उनले भारतीय टेलिभिजनमा आक्रामक रुपमा प्रस्तुत हुने योजना बनाएको खुलेको छ ।

सलमान खानको च्यानल खुले लगत्तै उक्त च्यानलमा ‘द कपिल शर्मा शो’ आउने पक्का नै रहेको छ । त्यस्तै अन्य रोचक कार्यक्रमको लागि उनले सम्पर्क बढाउन शुरु गरिसकेको बताइएको छ ।

टिभीको दुनियाँमा पनि शनशनी मच्चाउन तल्लिन रहेका सलमानको ‘भारत’ फिल्म आगामी ईदमा रिलिज हुने तयारी रहेको छ । त्यस्तै उनि ‘द ब्याङ्ग टुर’ र ‘दबंग ३’ को लागि पनि आबद्ध भइसकेका छन् ।

 

ताजा खबर