मुटु रोगको स्रोत र समाधानबारे एक विशेषज्ञको उपयोगी व्याख्या

२०७५ चैत ३ आइतबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । प्रशिध्द मुटु रोग विशेषज्ञ तथा सर्जन डा. प्रकाशराज रेग्मीले मुटु रोग मानिसको जीवन शैलीबाट उत्पन्न हुने अनुभव सुनाएका छन् । दैनिक जीवनमा अपनाईने जीवन शैली नै मुटु रोगको मूल कारण रहेको उनको भनाई छ ।

डा. रेग्मी भन्छन्-'आहार बिचार र बिहार यी तीन कुराले मानिसको मुटुको अवस्था सामान्य या समस्याग्रस्त हुने निर्धारण गर्छ । टन्न जति रुच्यो त्यति खानु नै रोग निम्त्याउने मूल कारण हो । पायो कि खायो पाराको आनीबानीले गर्दा मानिसहरु आफ्नो शरीर बिगारी रहेका छन् । यसमा सुधार    हुनुपर्छ ।'

डा. रेग्मीले चैत २ गते भक्तपुरको श्यामाश्यामा धाममा स्वास्थ्य,अध्यात्म र मानिसको जीवन शैलीबारेमा अत्यन्त्य उपयोगी र ज्ञानवध्र्दक बिचार व्यक्त गरेका थिए । उनको यो मन्तव्य सर्सर्ती सुन्दा मात्र पनि हरेक व्यक्तिका लागि उपयोगी भएकाले यहाँ भिडियो नै पोष्ट गरिएको छ । यसबाट हाम्रा पाठक र दर्शकले समेत लाभ उठाउने अपेक्षा गरिएको छ । 

ताजा खबर