पर्यटकीय सम्भावनायुक्त प्रदेश

२०७५ चैत ३ आइतबार ११:१८:०० मा प्रकाशित

पूर्वी जिल्लाहरु समेटिएको प्रदेश नम्बर १ हिमाल, पहाड र तराई तीनै भौगोलिक विशेषताले युक्त पर्यटकीय सम्भावना बोकेको प्रदेश हो । प्रचूर प्राकृतिक सम्पदा, कृषिमा अग्रणी, जलस्रोतका पर्याप्त सम्भावना, औद्योगिक विकासको अगुवा, जैविक–सांस्ृकतिक विविधिता जस्ता विशेषता यो प्रदेशमा छ ।

पर्यटन वर्ष २०२० मा बीस लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा सहयोगी बन्न सक्ने क्षेत्र पनि प्रदेश नम्बर १ हो ।

१४ जिल्ला समेटिएको प्रदेशमा तीन हिमाली जिल्ला पर्यटनका हिसाबले निकै सम्भावनायुक्त छन् । प्रदेशभर रहेका १३ वटा विमानस्थलका कारण पर्यटन भित्र्याउन सहज छ । थप केही विमानस्थल बन्ने क्रममा छन् । कोसी नदीमा जल यातायात पनि सुरु भएकाले पर्यटकका लागि आकर्षण थपिएको छ ।

पर्यटन व्यवसायी भविष श्रेष्ठका अनुसार केही सातायता प्रदेशको अस्थायी राजधानी विराटनगरबाट सगरमाथासहितको हिमशृंखला अवलोकनका लागि ‘माउन्टेन फ्लाइट’ सुरु गरिएकाले पर्यटन प्रवद्र्धनमा धेरै मद्दत पुग्नेछ । यसअघि यस्तो सुविधा काठमाडौंबाट थियो ।

पर्यटन यो प्रदेशको विकासका लागि मुख्य आधार भएको श्रेष्ठको भनाइ छ । सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमालहरु यही क्षेत्रमा पर्छन् । सगरमाथा वन्यजन्तु आरक्ष, मकालु वरुण वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र, कोसी टप्पु बन्यजन्तु आरक्षजस्ता जैविक विविधतायुक्त क्षेत्र यहीं पर्छन् ।

पाथिभरा, हलेसी, कन्काइ, बराहक्षेत्र, विष्णुपादुका, चतरा, रामधुनी, छिन्ताङदेवी र सभापोखरीलगायत अनेक धार्मिक पर्यटकीय स्थलले पनि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेका छन् । ती क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटक आगमन अझ बढाउन सकिने अवस्था छ ।

पर्यटन एउटा व्यवसाय तथा उद्योग भएकाले सरकार एक्लैले बल गरेर यसको विकास हुन नसक्ने इलामको पर्यटन क्षेत्रमा काम गर्दै आएका धर्म गौतमको धारणा छ । ‘यसका लागि निजी क्षेत्रको संलग्नता आवश्यक हुन्छ’ उनले भने ।
गौरवशाली मौलिक संस्कृतिको खानी रहेका स्थानको प्रचार गरी पर्यटक भित्र्याउन सकिने र अनुसन्धाताहरुको ध्यानाकर्षण गर्न सके यसबाट पनि फाइदा लिन सकिने संस्कृतिविद प्राडा. सोमप्रसाद खतिवडा बताउ“छन् । सांस्कृतिक सम्पन्नतालाई पहिचान, जीविका र रोजगारीको स्रोत बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनलेसंस्कृतिको जगेर्ना गर्दै यसलाई पर्यटनस“ग जोडेर ठोस रणनीति बनाउने हो भने गतिलो आयस्रँेत बन्न सक्ने बताए ।

‘संस्कृतिलाई अलग राखी गरिएको विकास आत्माविहीन विकास हुन्छ, यसले दीगो रूप लिन सक्दैन’ उनले भने, ‘संस्कृतिमा सांस्कृतिक समुदायको भावना जोडिने भएकाले संस्कृतिसापेक्ष, दीगो, स्थानीयको चाहना र आवश्यकताअनुसार गरिनुपर्छ ।’

 

ताजा खबर