सरकारले आश्वासन दियो सहयोग गरेन, विद्यालय अलपत्र

२०७५ चैत २ शनिबार १४:१३:०० मा प्रकाशित

बाजुरा, २ चैत्र । बाजुराको बुढीगङ्गा नगरपालिका–१० मा रहेको मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र परेको छ । भौतिक पुर्वाधार तथा जनशतिm अभावले विद्यालय अलपत्र अवस्थामा पुगेको स्थानीयवासी मिना विकले बताए। 

दलित समुदायको पहलमा वि।सं। २०६६मा स्थापना भएको सो विद्यालयलाई सरकारले अनुमति दिए पनि अन्य कुनै सहयोग नगरेको विद्यालयका प्रधानाध्यापक लोकेश विकको गुनासो थियो । उक्त विद्यालयमा कक्षा एकमा ३६, कक्षा दुईमा २५ र कक्षा तीनमा २९ विद्यार्थी अध्यनरत छन् । भवन अभाबमा कक्षा एक र दुई कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने पर्ने बाध्यता रहेको शिक्षिका सिता साउदले बताए। 

एकाउन्न दलित परिवारले भारतमा चौकीदारी गरेर विद्यालय चलाउँदै आएका थिए । भारतमा रहेका नेपालीले कालिका सामुदायिक सोसाइटीमार्फत रकम सङ्कलन गरेर विद्यालय स्थापना गरिएको थियो । सो सोसाइटीबाट उपलब्ध भएको रू दुई लाख ५० हजारको लागतमा भवन निर्माण गरिएकामा हाल त्यो भनव जीर्ण बनेको विद्यालयले जनाएको छ । हाल उक्त विद्यालयमा तीन निजी शिक्षक छन् । 

ती शिक्षकलाई उक्त सोसाइटीले उपलब्ध गराएको रकमबाटै तलब दिने गरिएकामा हाल त्यो सोसाईटीमा आर्थिक अभाब भएकाले १८ महिनादेखिको तलव नपाएको शिक्षिका निर्मला विकले जानकारी दिए। 

रू चार हजारका दरले तीन जनाको एक महिनाको रू १२ हजार हुन्छ तर त्यहि पनि १८ महिनादेखि तलब नै खान नपाएको विद्यालय प्रधानाध्यापक लोकेश विकले बताए। 

यस विषयमा पटकपटक स्थानीय तहमा पहल गर्दा पनि कतैबाट वास्ता नभएको विद्यालयले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयमा कार्यालय सहयोगीसमेत राखिएको छैन । 

बुढीगङ्गा नगरपालिका–१० का वडाअध्यक्ष धर्मराज जैशीले आर्थिक अभाबमा विद्यालय अलपत्र रहेको स्विकार गर्दै यसबारे नगरपालिकामा पहल गरिए पनि चासो नदिएको बताए । नगरप्रमुख दीपकबिक्रम शाहले भने यसबारेमा आपूmलाई कुनै पनि जानकारी नभएकाले सोही ठाउँमा गएर अनुगमन गर्ने बताए। रासस

ताजा खबर