आयुष्मान खुरानालाई कथा चारेको आरोप

२०७५ चैत १ शुक्रबार १३:१८:०० मा प्रकाशित

एजेन्सी । सन् २०१८ मा सफल नायक साबित भएका आयुष्मान खुराना यस वर्षको सुरुवात देखिनै कानूनी झमेलामा फसेका छन् । उनलाई फिल्मको कथा वस्तु चोरेको आरोप लागेको छ ।

आयुष्मानले निर्देशक अमर कौशिक र निर्माता दिनेश विजानसँग मिलेर फिल्म ‘बाला’ को निर्माण गरिरहेका छन् । यो फिल्ममा उमेर भन्दा पहिले नै कपाल खुइलिने व्यक्तिको कथालाई मुल विषयवस्तु बनाइएको छ ।

यो खबर बाहिरिएसँगै कमल कान्त चन्द्राले आयुष्मान लगायत कौशिक र विजान तिनै जनालाई आफ्नो फिल्म ‘विग’ को कथा चोरेको गम्भीर आरोप लगाउँदै मुम्बई उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।  

भारतीय मिडियाले उल्लेख गरेअनुसार चन्द्राले केहिसमय पहिले ह्वाट्सएपमा आयुष्मानलाई कपाल खुइलेको व्यक्तिको कथा पठाएका थिए । उक्त कहानी आयुष्मानलाई मन परेको उनको दाबी छ । त्यसपति आयुष्मानले आफुलाई जवाफ दिन छोडेको र अकस्मात सोही कथा वस्तुमा आधारित फिल्म बनाउन लागेको उनको आरोप छ ।

मुद्दा परेपछि कानूनी झमेलामा फसेका आयुष्मान हाल ‘आर्टिकल १५’ नामक फिल्ममा व्यस्त छन् । फिल्मको काम लगभग सकिइसकेको र छिट्टै रिलिज हुने क्रममा रहेको बताइएको छ ।

 

ताजा खबर