खुसुक्क बिहे गर्दैछन् मलाइका र अर्जुन

२०७५ चैत १ शुक्रबार १२:४२:०० मा प्रकाशित

एजेन्सी । उमेरले आफुभन्दा निकै कान्छा युवासँग प्रेमसम्बन्धमा रहेकी मलाइका अरोरा पछिल्लो समय समाचारहरुमा छाइरहेकी छिन् ।

पूर्व पति अरबाज खानसँग सम्बन्ध बिच्छेदपछि ४५ वर्षे मलाइका अहिले ३३ वर्षिय अर्जुन कपूरसँग रिलेसनशीपमा रहेकी छिन् । यि दुईबिचको प्रेमले छिट्टै विवाहको रुप लिने भएकोले पनि यो जोडी अहिले मिडियामा छाएका छन् ।

डीएनए अनलाइनले दाबी गरेअनुसार मलाइका र अर्जुनले अप्रिलको पहिलो हप्तामा विवाह गर्ने निधो गरेका छन् । क्रिश्चीयन रितिरिवाज अनुसार हुने यस विवाह यिनिहरुले आफुहरु भित्रै राख्ने निधो गरेको खबर बाहिरिएको छ ।

सोही कारण विवाहमा आफ्ना नजिकका मान्छेहरुलाई मात्र सामेल गरिने भएको छ । सोही अनुसार विवाहको कार्यक्रम पनि निश्चीत भइसकेको छ ।
विवाहलाई गुपचुप राख्नको लागि यस जोडीले मेकअप आर्टिस्ट र हेल स्टाइलिस्टलाई विवाह बारे केही कुरा बाहिर ननिकाल्न कडा चेतावनी दिइएको बताइएको छ।

पछिल्लो समय यो जोडी मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाहमा देखिएका थिए । त्यसयता यि दुईको विवाहको कुराले राम्रै स्थान पाइरहेको छ ।

मलाइका मोडलिङमा परिचित नाम भएकोले उनि आफ्नै काममा व्यस्त रहेकी छिन् भने अर्जुन पनि ‘पानीपत’ नामक फिल्मको शुटिङमा व्यस्त रहेका छन् ।

 

ताजा खबर