कपिल शर्मा शो मा फर्किए ‘चन्दू चायवाला’

२०७५ फाल्गुण ३० बिहीबार १२:५६:०० मा प्रकाशित


एजेन्सी । कपिल शर्मा शो टेलिभिजनमा फेरि देखिन थालेपनि उक्त शोमा नदेखिएका ‘चन्दू चायवाला’ अर्थात् चन्दन प्रभाकर पनि कपिलको कार्यक्रममा फर्किएका छन् ।

सुनिल ग्रोवरसँग कपिल शर्माको ‘लफडा’ परे लगत्तै बन्द हुने क्रममा रहेको बेला देखिनै चन्दन शो बाट हराएका थिए ।

पछिल्लो समय कपिलले आफ्ना विवाद भएका पूर्व मित्रहरुलाई शो मा फर्काउन सफल भइरहेको अवस्था चन्दन पनि फर्किएको बताइएको छ ।

विवाहपछि अब्बल व्यवहार प्रस्तुत गरिरहेका कपिलले आफ्नो गल्ती भएको स्वीकार्दै आफ्नो शो मा स्थापित भएका कलाकारहरु फर्काएपछि कपिलको शो पुनः रोचक बन्न थालेको छ ।

कपिलले हालै इन्स्टाग्राममा एक फोटो सार्वजनिक गर्दै ‘शुटिङको हाँसीमजाक सधैं रमाइलो हुने’ क्याप्सन लेखेका छन् । सो फोटो चन्दन, कपिल लगायत, सुमोना चक्रवर्ती, भारती सिंह, कीकू शारदा र राजिव ठाकुर छन् ।

चन्दन एक बृद्ध महिलाको भेषमा देखिएका छन् भने कपिलको हातमा चियाको कप रहेको छ । उनले यो पटक कपिल शो मा फेरी राम्रो भुमिका पाएको खबरहरु बाहिरिएको छ भने कपिलले यसरी शेयर गरेको तस्विर भाइरल भएको छ ।

 

ताजा खबर