मदर टेरेसाको जिवनीमा आधारित बलिउड फिल्म बन्दै

२०७५ फाल्गुण २९ बुधबार १३:०७:०० मा प्रकाशित

एजेन्सी । पछिल्लो समय बलिउडमा बनेको बायोपिकहरु चल्न थालेपछि निर्माता/निर्देशकहरु बिच बायोपिक बनाउने प्रतिस्पर्धा नै चल्न थालेको छ ।

यहि प्रतिस्पर्धाको क्रममा समाजसेवी मदर टेरेसाको पनि बायोपिक बन्ने भएको हो । ‘मदर टेरेसाः द सन्त’ नामक फिल्म प्रदीप शर्मा, नितिम मनमोहन, गिरीश जौहर र प्राची मनमोहनले बनाउने भएका हुन् । हिन्दी भाषामा बन्ने यस फिल्मको शुटिङ यहि वर्षको अन्त्यतिर शुरु हुने बताइएको छ ।

फिल्मको मुख्य भुमिका अर्थात् मदर टेरेसाको भुमिकाको लागि कलाकार अहिलेसम्म कास्ट नगरिएको बताइएको छ ।

यस फिल्मको लागि बलिउड तथा हलिउडका कलाकारहरु चुनिने थाहा भएको छ । पछिल्लो तीन वर्षदेखि यो फिल्मको कथावस्तु लेखिरहेको सीमा उपाध्यायले बताएकी छिन् ।

सीमाका अनुसार यस फिल्ममा साधारण मानिसले मदर टेरेसाको बारेमा थाहा नपाएका विषयवस्तुहरु देखाइने भएकोले पनि यो फिल्म विशेष रहनेछ ।

 

ताजा खबर