आलिया–रणबीरको ‘गल्ली व्याय’ को सिक्वेल बन्ने

२०७५ फाल्गुण २९ बुधबार १२:२३:०० मा प्रकाशित

एजेन्सी । हालसालै बलिउडमा चम्केको फिल्म ‘गल्ली ब्वाय’ को सिक्वेल बन्ने खबर बाहिरिएको छ ।

नायिका आलीया भट्ट र नायक रणविर कपूरको अद्भुद कलाकारिताले जमेको यस फिल्मको अर्को भाग पनि बन्ने जानकारी निर्देशक जोया अख्तर दिएकी छिन् ।

यो फिल्म र्यापर डिभाइन र नेजीको वास्तविक जिवनमा आधारित रहेको बताइएको छ । नायक फरहान अख्तरकी बहिनी जोयाले लेखिका रीमा कागतीसँग मिलेर यस फिल्मको सिक्वेल लेखन शुरु गरिसकेकी छिन् ।  

‘गल्ली व्याव’ को लागि नायिका आलीया र नायक रणविरले शुटिङको लागि मुम्बईको मलिन वस्तीहरुमा २५ दिनसम्म रहि शुटिङ सम्पन्न गरेका थिए । निर्देशक अख्तरको भनाइअनुसार यि दुई कलाकारले फिल्मको चरित्रको भुमिका निभाउन कुनै कसर बाँकि राखेका थिएनन्।

यस फिल्ममा आलीया र रणविरका बाहेक कल्की कोचलिन र कुब्रा सेठ पनि थिए भने सिक्वेलमा कस्ता कलाकार कास्ट हुने भन्नेबारे अहिले केहि खुलाइएको छैन ।

ताजा खबर