टी–सिरिज कम्पनीको च्यानललाई सेलिब्रटीहरुको साथ

२०७५ फाल्गुण २८ मंगलबार १३:३०:०० मा प्रकाशित

एजेन्सी । सांगीतिक कम्पनी टी–सिरिजलाई यूटुबमा पहिलो नम्बरमा ल्याउन चर्चित बलिउड स्टार सलमान खान पनि लागिपरेका छन् ।

टी–सिरिजका व्यवस्थापकीय निर्देशक भुषण कुमारले टी–सिरिजको च्यानललाई यूटुबमा पहिलो नम्बरमा ल्याउने उद्घोष गरेपछि साधारण मानिस देखि सेलिब्रेटीसम्मले यसलाई साथ दिएका छन्  ।

सलमान खानले ट्वीटरमार्फत् सबैलाई टी–सिरिजको च्यानल सब्सक्राइब गर्दै उसलाई विजयी बनाउन आग्रह गरेका छन् । त्यस्तै अनिल कपूर, उर्वशी राउटेला, बरुण धवन, अजय देवगन, हनी सिंह, अर्जुन कपूर लगायतका सेलिबे्रटीहरुले सबैलाई आग्रह गरेका छन् ।

पछिल्लो तीन दशक देखि टी–सिरिजकम्पनीले भारतीय सांगीतिक क्षेत्रमा काम गर्दै आएको छ । सन् २००६ को १३ मार्चमा स्थापना भएको यस च्यानल मार्फत् भारतीय गीत संगीतहरुले इन्टरनेटमा कारोबार गरिरहेका छन् ।

ठुलो जनसंख्या भएको भारतमा सेलिब्रेटीहरुको भनाइ मान्दै सबैले च्यानल सब्सक्राइब गरेमा यो कम्पनी छिट्टै नै यूटुबमा नम्बर एक च्यानल बन्न सक्ने बताइएको छ ।

 

ताजा खबर