तनीषा मुखर्जीलाई अमेरिकामा दुर्व्यवहार

२०७५ फाल्गुण २८ मंगलबार १२:४९:०० मा प्रकाशित


एजन्सी । बलिउडमा काम गरिसकेकी नायिका तनीषा मुखर्जीलाई संयुक्त अधिराज्य अमेरिकामा दुर्व्यवहार भएको छ ।

बलिउडकी सफल नायिका काजोलकी बहिनी तनीषालाई न्यूयोर्कको एक होटलका कर्मचारीले नस्लीए भेदभाव गरेको बताएकी छिन् । क्राई अमेरिकन च्यारिटीको कार्यक्रममा गएकी उनि साथीहरुसँग एक होटेलमा जाँदा अफ्रिकम अमेरिकन मुलका मान्छेबाट यस्तो दुर्व्यवहार भएको उनले बताइन् ।

उक्त होटेलमा आफुले राम्रो व्यवहार गरेपनि ति व्यक्तिले तनीषालाई अंग्रेजी नजान्ने भर्खर झरेकी जस्तो व्यवहार गरेको उनले दाबी गरेकी छिन् । यसअघि उनले कहिलेपनि यस्तो नस्लीए भेदभाव भोग्नु नपरेको उनको कथन थियो ।

यस घटनापछि आफुले होटलको व्यवस्थापनसँग गुनासो गर्दा कुनै सुनुवाइ नगरिएको र प्रहरी बोलाउन आफुले अनुरोध गर्दापनि वास्ता नगरेको तनीषाको आरोप रहेको छ । उनले यस सम्बन्धी छोटो भिडियो ट्वीटरमा पनि शेयर गरेकी छिन्  ।

तनीषा फिल्ममेकर शोमु मुखर्जी र चर्चित नायिका तनूजा समर्थकी छोरी हुन् । उनले बलिउडमा थुप्रै फिल्ममा काम गरेकी छिन् भने उनको ‘सरकार’ नामक फिल्ममे बलिउडमा राम्रो सफलता पाएको थियो । उनी ‘बिग बोस सिजन ७’ को उपविजेता पनि हुन् ।

 

ताजा खबर