प्याब्सन महाधिवेशन: अध्यक्षमा ढुंगाना र पुरीको उमेद्वारी

२०७५ फाल्गुण २७ सोमबार १६:५७:०० मा प्रकाशित

काठमाण्डौैं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल– (प्याब्सन)को १४ औं राष्ट्रिय महाधिवेशनमा डि.के.ढुंगाना र टीकाराम पुरीले अध्यक्षको उमेदवारी दर्ता गराएका छन् ।

मंगलबार हुने महाधिवेशनका लागि  दुई पटक महासचिव र पछिल्लो समय बरिष्ठ उपाध्यक्ष रहेका डिके ढुंगाना र यसअघि बरिष्ठ उपाध्यक्ष र अध्यक्षमा पराजित भएका टीकाराम पुरीवीच प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्षका प्रत्यासी ढुंगाना प्याब्सनमा लोकप्रिय मानिन्छन् । निजी विद्यालयमा भएको अर्बौं रुपैयाँको लगानीको संरक्षण र प्याब्सनलाई व्यवसायिक संगठन बनाउने, निजी क्षेत्रमा प्राविधिक विषयको पठनपाठन गराउन कानून मार्फत संवोधन गराउने लगायतका १४ वटा प्रतिवद्धता ढुंगानाले जनाएका छन् ।

लायन्स क्लब इन्टरनेशनलको नेतृत्व गरिसकेका ढुंगानाले सामाजिक क्षेत्रमा अन्तराष्ट्रिय व्यक्तित्व बनाइसकेका छन् । मोटिभेसनल स्पिकरको रुपमा समेत प्रसिद्ध ढुंगाना ललितपुरका बासिन्दा हुन् ।

अर्का प्रत्यासी पुरी विराटनगरका बासिन्दा हुन् । उनले कम्पनीमा संचालित विद्यालयहरु कम्पनी अन्तर्गतनै चलाउन पाउने व्यवस्था गराउने प्रतिवद्धता जनाएका छन् । 

महाधिवेशनको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्ने जानकारी प्याव्सनले दिएको छ । (तस्बिरमा अध्यक्षका प्रत्याशी ढुंगाना ।)

ताजा खबर