अमिताभ बच्चन र इमरान हाशमी एउटै फिल्ममा आउँदै
२०७५ फाल्गुण २७ सोमबार १२:०३:००
मा प्रकाशित

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन नयाँ फिल्ममा देखिने भएका छन् । अदालती विषयवस्तुमा आधारित उक्त फिल्म बच्चनका साथ इमरान हाशमीले पनि काम गर्ने बताइएको छ ।
‘बर्फ’ नामक उक्त चलचित्रमा बच्चनले न्यायाधीशको भुमिका निभाउन लागेको थाहा भएको छ । यी दुईले पहिलोपटक एउटै फिल्ममा काम गर्न लागेका हुन् ।
यसअघि बच्चनले ‘पिंक’ र ‘बदला’ मा वकिलको भुमिका निभाएका थिए । दुबै फिल्ममा उनले नायिका तापसी पन्नूको रक्षाको लागि अदालती बहस गरेका थिए ।
‘बर्फ’ चलचित्रमा बच्चन र हाशमी बाहेक अन्नु कपूर र सौरभ शुक्ला पनि रहनेछन् । अन्नु कपूरले ‘जोनी एलएलबी २’ मा न्यायाधीशको भुमिकामा काम गरेका थिए भने सौरभले वकिलको भुमिका निभाएका थिए ।
फिल्मलाई रुमी जाफ्रीले निर्देशन गर्ने भएका छन् । उनले यसअघि ‘गड तुस्सी ग्रेट हो’ को निर्देशन गरिसकेका छन् ।