४९ वर्षिय जेनिफर लोपेज चौथो विवाह गर्दै

२०७५ फाल्गुण २७ सोमबार ११:४५:०० मा प्रकाशित

एजेन्सी । पप गायिका तथा हलिउड नायिका जेनिफर लोपेज ४९ वर्षको उमेरमा चौथो विवाह गर्न लागेको खबर बाहिरिएको छ । उनले पूर्व बेसबल खेलाडी एलेक्स रोद्रिगेजसँग विवाह गर्न लागेकी हुन् ।

यी दुईले ‘इन्गेजमेन्ट’ गरेको तस्विरले विभिन्न वेबसाइट र सामाजिक संजालमा राम्रो चर्चा पाइरहेको छ । एलेन्स हाल ४३ वर्षका भएका छन् ।
लामो समयदेखि डेटिङ गरिरहेका यि दुई बिच उमेरमा केहि अन्तर भएपनि जोडी सुहाएको समर्थकहरुले भन्ने गरेका छन् ।

लोपेजले पहिलो पटक सन् १९९७ मा विवाह गरेकी थिइन् । उक्त विवाह एकवर्ष सम्ममात्र टिकेको थियो । त्यस्तै उनको दोश्रो विवाह २ वर्षमात्र टिकेको थियो भने सन् २००४ मा गरेको तेश्रो विवाह १० वर्ष सम्म चलेको थियो । उनको दुई सन्तान रहेका छन्  ।

त्यस्तै एलेक्सको यो दोश्रो विवाह हो । सन् २००२ मा विवाह गरेका उनले २००८ मा सम्बन्ध विच्छेद गरेका थिए । उनको पनि दुई सन्तान नै रहेको छन् ।
एलेक्सको यसअघि केट हडसन, क्यामरुन डियाज र टोरी विल्सन लगायतका सँग सम्बन्ध रहेको थियो ।

यी दुईले छिट्टै विवाह गर्ने तयारी गरेको इ–अनलाइनले दाबी गरेको छ ।
 

 

ताजा खबर