राजामौलीको ‘अफर’ स्वीकारिनन् आलियाले

२०७५ फाल्गुण २६ आइतबार १३:२६:०० मा प्रकाशित


एजेन्सी । बलिउडमा ठुलो बजेटको फिल्म बनाउन प्रख्यात निर्देशक एसएस राजामौली आगामी फिल्मको तयारी गर्दैछन् ।

बाहुबली, बाहुबली २ जस्तो मेगाहिट फिल्म बनाउने यि निर्देशकले आफ्नो फिल्ममा ठुला स्टारहरु कास्ट गर्ने गरेका छन् । उनको आगामी फिल्म ‘आरआरआर’ को लागि पनि उनि ठुला नामहरुको खोजीमा लागेको थाहा भएको छ ।

यस फिल्ममा एन.टी. रामा राव जुनियर र रामाचरण तेजा मुख्य भुमिकामा देखिने भएका छन् । यी नायकको साथ लिड रोलमा खेल्ने नायिकाको लागि उनले तेलुगु, तमिल र बलिउडका हस्तीहरु खोजीरहेका छन् ।

यस फिल्मको लागि उपयुक्त भन्दै राजामौलीले आलिया भट्ट र परिणीति चोपडालाई प्रस्ताव पठाएको बताइएको छ । करन जोहर मार्फत् आलियासँग सम्पर्क गरेका राजामौलीले उनलाई ठुलै रकमको अफर गरेका छन् ।

ठुलो बजेटको फिल्म तथा ठुलो पारिश्रामिक भएपनि आलियाले उनको फिल्ममा काम नगर्ने भएकी छिन् । यस्तो आकर्षक प्रस्ताव अस्विकार गर्नुको एकमात्र कारण उनि विभिन्न फिल्महरुलाई पहिले नै आबद्ध भइसकेको बताइएको छ ।

राजामौलीको फिल्म ‘आरआरआर’ को शुटिङ नै शुरु भइसकेको छ । आगामी शुटिङ स्पट भने कोलकाता रहेको बताइएको छ ।  

 

ताजा खबर