देउवा र पौडेल एकैचोटी तातोपानी कुण्डमा

२०७५ फाल्गुण २५ शनिबार १७:२४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले म्याग्दीको तातोपानी कुण्डमा एकैपटक डुबुल्की मारेका छन् । 
जिल्ला भ्रमणमा निस्किएका दुबै नेताले राजनीतिक दौडधुप र तनाव विशर्जन गर्न यो तातोपानी कुण्ड चुनेका हुन् । 

आन्तरिक र वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको यो तातोपानी कुण्डमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि केही समय अघि आफ्ना सहकर्मी नेता सहित डुबुल्की मार्न पुगेका थिए ।

 राजनीतिक नेता,उद्योगी व्यवसायी र समाजका विभिन्न जीवनका व्यक्तिहरु कोही खुसुक्क त कोही खुलेआम नै यस कुण्डमा डुबुल्की लगाउने    गर्छन् ।

पार्टी राजनीतिमा अलग अलग धारको नेतृत्व गरिरहेका देउवा र पौडेल कुण्डस्नानमा भने एकसाथ डुबुल्की लगाउन सहमत देखिन्थे । उनीहरुले शनिबार यस कुण्डमा एकसाथ स्नान गर्दै गर्दा प्रत्यक्षदर्शीले कहिँ न कहिँ त नेताहरुको सहमति हुँदोरहेछ भनेर टिकाटिप्पणी गरेको प्रत्यक्षदर्शी एक कार्यकर्ताले सुनाए ।   तस्वीरः रासस 

ताजा खबर