बज्रँचार्यको ब्याण्ड डेकमार्कतर्फ 

२०७४ असार १ बिहीबार ११:०७:०० मा प्रकाशित

काठमाडौं– १ असार ।  डेनमार्कको कोपेनहेगनमा आयोजना हुने नेपाल एक्स्पो–२०१७ मा सहभागिता जनाउन गायक दीपक बज्रचार्य तथा उनको ब्याण्ड आज बुधवार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एक्स्पो असार २ गते शुक्रवारदेखि आईतबारसम्म सञ्चालन हुँदैछ ।

एक्स्पोमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न दीपकसहित नौ जना कलाकारको समुह त्यसतर्फ प्रस्थान गरेको हो । त्यसक्रममा गायक बज्रँचार्य तथा उनको रिदम ब्याण्डले लाइभ कन्सर्ट दिनेछ । बज्रँचार्यको ब्याण्डमा इथ्निक अर्केष्ट्रासमेत सहभागि छन् । कलाकारहरुको समुहले असार ८ देखि १३ गतेसम्म कोपेन्हेगनमा सम्पन्न हुने एसियन एक्सपोमा समेत आफ्नो प्रस्तुती दिनेछ ।

नेपाल हाउससंगको सम्झौतामा गायक बज्रँचार्य तथा उनको ब्याण्ड डेनमार्क गएको हो । गायक बज्राचार्यका अनुसार नेपाल हाउसले उनलाई तीन वर्षका लागि सद्भाव दूत समेत नियुक्त गरेको छ ।  

डेनमार्कको एक्स्पोमा गायक बज्रँचार्यकी गायिका छोरी चेरिसा बज्रँचार्यले पनि विशेष प्रस्तुती दिनेछिन् । चेरिसा काठमाडौं ज्याज कन्जर्भेटरीकी सदस्यका साथै नेपाल एक्स्पोकी ब्रँण्ड एम्बेसडर पनि हुन् । ड्रमरको रुपमा समेत सक्रिय चेसिरा क्रिम अफ रिदममा पनि आवद्ध छिन् । कन्सर्टमा चेरिसाले आफ्ना लोकप्रिय अंग्रेजी गीतहरु प्रस्तुत गर्दैछिन् । यो समुह असार १९ गते स्वदेश फर्किनेछ । 

ताजा खबर