अनेक आरोप लगाउने कंगनालाई आलियाको यस्तो जवाफ

२०७५ फाल्गुण २४ शुक्रबार १३:२२:०० मा प्रकाशित


एजेन्सी । पछिल्लो समय एकपछि अर्को आरोप लगाउँदै आएकी नायिका कंगना रनौटलाई अर्की सफल नायिका आलिया भट्टले जवाफ फर्काएकी छिन् ।

यसअघि आफुलाई बलिउडमा सहयोग नगर्ने सूचीको अग्रपंक्तीमा आलियालाई राखेकी कंगनाले पछिल्लो समय राजनीतिक विषयमा आफ्नो विचार नराखेको भन्दै आलिया, रणबीर कपूर र रणबीर सिंहको आलोचना गरेकी थिइन् ।

हालै एक कार्यक्रममा आलियाले उनलाई जवाफ दिंदै भनिन् , ‘कंगनाजस्तो खरो रुपमा आफ्नो विचार राख्ने सामथ्र्य मसँग छैन । उनको उक्त स्वभावलाई म सम्मान पनि गर्दछु । कतिपय अवस्थामा हामी बोल्न हच्कीन्छौं भन्ने उनको कुरा सही हुनसक्छ । हामी बोल्दैनौ किनभने हामी कुनै विवादमा अनावश्यक रुपमा बोल्न चाहन्नौं । ’

उनले थपिन्, ‘मेरो पिता (निर्माता महेश भट्ट) ले सधैं भन्नुहुन्छ । संसारमा प्रशस्तै अभिमतहरु छन् , त्यहि भएर संसारमा एउटा अभिमत वा विचार कम बाहिरिएमा पनि यो संसार चल्छ । त्यसैले, मेरो पनि आफ्नो अभिमत वा विचार छ, तर यो म आफुसँगै राख्छु । तर बधाई छ उनलाई (कंगनालाई), उनि वास्तवमै राम्रो बोल्छिन् । ’

पछिल्लो समय बलिउडमा राम्रो सफलता पाइरहेकी आलियाको राजी र गल्ली व्वाय नामक दुई फिल्मनै हिट भएको छ । पछिल्लो समय बाहिरिएको खबर अनुसार आलिया र रणबीर कपूरको बिहेको तयारी भइरहेको छ ।

 

ताजा खबर