तापसी पन्नूको चाहना, तैमुरसँग ‘डेट’

२०७५ फाल्गुण २३ बिहीबार १२:४९:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा छुुट्टै पहिचान बनाएकि नायिका तापसी पन्नू आफ्नो भनाइको लागि पनि प्रख्यात छिन् ।

सोचेर बोल्ने मध्येकी एक तापसीले हालसालै अन्तर्वार्तामा आफ्नो यहि कला देखाएकी छिन् । उनी नायिका रहेको ‘बदला’ फिल्मको लागि प्रमोशन गर्दै हिंडेकी तापसीलाई ‘डेट’ को लागि कसलाई छान्नुहुन्छ भन्ने प्रश्नमा उनले तैमुर अली खानको नाम लिएकी छिन् ।

करीना कपूर र सैफ अली खानको छोरा २ वर्षिय तैमुरको नाम लिएपछि सबैजना चकित भएका थिए । मजाकको रुपमा उनले आफु सिंगल रहेको र २ वर्षिय नवाबसँग ‘डेट’ गर्न चाहेको बताइन् ।

स्टार बाबुआमाका छोरा तैमुर सानै उमेरमा प्रख्यात भइसकेका छन् । यसअघि उनको सौतेनी दिदी सारा अली खानले पनि तैमुरले बलिउडमा आउन चाहेमा सँगै फिल्म खेल्ने इच्छा रहेको बताएकी थिइन् ।
 

 

ताजा खबर