बिरामी ऋषि कपूरको चाहना, रणबीर–आलियाको विवाह

२०७५ फाल्गुण २३ बिहीबार १२:२६:०० मा प्रकाशित

एजेन्सी । अकस्मात बिरामी परेका बलिउड हस्ती ऋषि कपूर अहिले उपचारको लागि अमेरिकामा छन् ।

पाँच महिना पहिले देखि उपचाररत उनले आफ्नो रोगको बारेमा सार्वजनिक रुपमा बताएका भने छैनन् । यसअघि उनलाई क्यान्सर भएको खबर बाहिरिएपनि उनले त्यसको पुष्टी गरेका छैनन् ।

लामो समय उपचार गराएका उनी यहि मार्चको अन्ततिर भारत फर्किने बताइएको छ । भारत आउनसाथ उनको पहिलो इच्छा छोरा रणबीर कपूरको विवाह रहेको भनिएको छ ।

बलिउड नायिका आलिया भट्टसँग प्रेममा रहेका रणबीर यसअघि केटरीना कैफ, दीपिका पादुकोण लगायतका नायिकाहरुसँगको सम्बन्धको कारण चर्चित थिए । ति नायिकाहरुले रणबीरलाई खराब व्यक्तिको रुपमा चित्रित गर्ने गरेका छन् ।

यसको विपरित भट्ट खानदानकी जल्दीबल्दी नायिका आलियासँग उनको सम्बन्ध रहेको कारण पनि ऋषि कपूर उनको छिट्टै विवाह होस् भन्ने चाहिरहेको थाहा भएको छ ।

यि चर्चित जोडीको विवाह अप्रिल महिनामा हुने भनिएको छ । ज्योतिषसँग सल्लाह गरेर मिति नै फाइनल गर्ने धुनमा रहेका ऋषि भारत आएलगत्तै विवाहको कामले गति पाउने भएको बताइएको छ ।

आलिया र रणबीर हाल ‘ब्रम्हास्त्र’ नामक फिल्ममा व्यस्त छन् । उक्त चलचित्रमा यि दुई बाहेक अमिताभ बच्चन र मौनी रायको पनि भुमिका रहेको छ ।
 

 

ताजा खबर