कपिल शर्मा हनिमुनको लागि एम्सटर्ड्याममा

२०७५ फाल्गुण २२ बुधबार १२:२३:०० मा प्रकाशित


एजेन्सी । कमेडियन कपिल शर्मा विवाहको ३ महिनापछि हनिमुन मनाउन नेदरल्याण्ड्सको राजधानी एम्सटर्ड्याम पुगेका छन् ।

गत डिसेम्बरमा भव्यसाथ विवाह गरेका कपिल शर्मा र गिन्नी चतरथले विवाह लगत्तै ‘कपिल शर्मा शो’ पुनः शुरु गरेपछि हनिमुनको लागि समय निकाल्न सकेका थिएनन् ।

व्यस्त कार्यतालिकाबाट समय निकालेका कपिलले हनिमुन स्पटबाट भने पत्नीको साथ खिचेको फोटो इन्स्टाग्रामबाट सार्वजनिक गरेका छन् । जहाजमा कपिल जोडीले नै पोज दिइ खिचेको फोटो भाइरल भएको छ । उनिहरुको साथमा मित्र ऋचा चड्डा पनि देखिएकी छिन् ।

विवाहअघि विभिन्न समस्याबाट गुज्रेका कपिलको पछिल्लो कार्यक्रममा पत्नी गिन्नी पनि आएकी थिइन् ।

पंजाबी गायकहरु मिक्का सिंह, दलेर मेहन्दी, हंसराज हंस र जसबीर जस्सी पाहुना भएका आएको उक्त शो मा कपिलले गिन्नीको लागि रोमान्टिक गीत गाएका थिए ।  

 

ताजा खबर