‘भूत पुलिस’ मा सैफ अली खान र फातीमाको जोडी

२०७५ फाल्गुण २१ मंगलबार १२:४५:०० मा प्रकाशित


एजेन्सी । बलिउडमा धेरै प्रकारका भुमिकामा देखिइसकेका सैफ अली खानलाई उनको ‘भर्सटाइल एक्टीङ’ को लागि दर्शकले तारिफ गर्ने गरेका छन् । उनको पछिल्लो फिल्म ‘बाजार’ लाई पनि दर्शकले रुचाएका थिए ।

विभिन्न भुमिकामा काम गर्न रुचाउने यिनै सैफले फातीमा साना शेखसँग आगामी फिल्म ‘भूत पुलिस’ देखिने भएका हुन् । हरर कमेडी यस फिल्मको शुटिङ उडीमा गरिने बताइएको छ ।

यहि अंग्रेजी वर्षको अगस्ट महिनादेखि शुटिङ शुरु हुने यस फिल्मलाई पवन कृपलानीले निर्देशन गर्ने भएका छन् । कृपलानीले यसअघि ‘रागिनी एमएमएस’  र ‘फोबिया’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् ।

यसअघि यो फिल्मको नाम ‘तान्त्रिक’ राखिएको थियो र फिल्मको लागि अभिषेक बच्चनलाई चुनिएको थियो । हाल अभिषेकको स्थानमा सैफ नै यस फिल्मको लागि चुनिएका छन् ।

करीना कपूरसँग विवाहपछि सैफको बलिउडमा व्यस्तता ह्वात्तै बढेको छ । उनी अहिले वेब सिरिज ‘सेक्रेट गेम्स’ को दोश्रो सिजनको शुटिङमा व्यस्त छन् भने अर्को फिल्म ‘तानाजीः द अनसङ्ग वारियर’ मा पनि काम गरिरहेका छन् ।

 

ताजा खबर