विवाहको लागि यस्तो झुठ बोले विराट कोहली र अनुष्काले

२०७५ फाल्गुण २१ मंगलबार ११:५६:०० मा प्रकाशित

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले लामो समयको प्रेमपछि विवाह गरी हाल खुशी साथ रहेका छन् ।

सन् २०१७ मा उनिहरुले विवाह गर्ने हल्ला बाहिरिएसँगै ठुलो संख्यामा समर्थकहरुको ध्यान उनिहरुको विवाहमा केन्द्रित भएको थियो । यसका बावजुद यस जोडीले भारतमा विवाह नगरी इटालीमा गएर सुटुक्क लगनगाँठो कसेका थिए ।

भारतीय क्रिकेट टोलीका कप्तान तथा शानदार ब्याटसम्यान भएका कारण विराट कोहलीको फ्यान फलोइङ अति नै धेरै रहेको छ भने बलिउडमा जमेकी नायिका अनुष्का शर्माको पनि उत्तिकै क्रेज रहेको छ ।

हालसालै एक अन्तर्वार्तामा कुरा गर्दै अनुष्काले आफ्नो विवाहलाई सेलिबे्रटीको जस्तो बनाउन नखोजेको खुलासा गरेकी छिन् । यसैको लागि उनिहरुले विवाह गर्ने इटालीको होटलमा आफ्नो फर्जी नाम राखेका थिए । उक्त समय क्याटरिङमा काम गर्नेसँग कुरा गर्दै विराटले आफ्नो नाम राहुल भएको बताएका थिए ।

उक्त अन्तर्वार्तामा उनले आफ्नो विवाहलाई घरेलु तथा सामान्य बनाउन चाहेको बताइन् । उनिहरुको विवाहमा जम्मा ४२ जना मात्र उपस्थित थिए । जसमा उनिहरुको नजिकका आफन्त र मित्रहरुमात्र सामेल थिए ।

विवाहलाई सामान्य बनाउन प्रयास गरेको यस जोडीले धेरै आफन्त तथा मित्रहरु नबोलाए पनि यसले भारतमा ठुलै चर्चा भने पाएको थियो ।

 

 

ताजा खबर