पेट्रोलपम्पमा तेल भरेर दैनिक सय रुपैयाँ कमाउने बलिउड नायिका 

२०७४ श्रावण ३० सोमबार १३:१०:०० मा प्रकाशित

मुम्बई । बलिउड चलचित्र ‘फेशन’ (२००८) बाट बलिउडमा डेब्यू गरेकी मुग्धा गोडसेले २६ जुलाईमा आफ्नो ३१ औ जन्मदिन मनाएकी छन् । मध्यमवर्गीय परिवारमा जन्मिएकी उनले पुणेबाट व्यवस्थापनमा स्नातक तह पुरा गरेकी छन् । एक अन्तर्वार्तामा मुग्धाले आफ्नो मनपर्ने विषय अर्थशास्त्र भएको बताएकी छन् । उनले अर्थशास्त्रको क्लास कहिल्यै बंक गरिनन् ।

मुग्धा एक्टिङको दुनियाँमा आउनुभन्दा पहिले मोडलिङ गर्थिन् । उनले कुनैबेला पेट्रोलपम्पमा सेल्सगर्लका रुपमा पनि काम गर्थिन भन्ने कुरा निकै कम मानिसलाई मात्र थाहा छ । मुग्धाले एक भारतीय सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै आफूले  पेट्रोलपम्पमा तेल बेचेर दैनिक एक सय रुपैयाँ कमाउने गरेको खुलासा गरेकी छन् । सन् २००२ मा उनले पहिलो सफलता स्वरुप ग्लेडरेग्स मेगा मोडल हन्ट हात पारेकी थिइन् । यसपछि उनी टाइमलाइटमा आइन् । सन २००२ मै उनले बेस्ट मोडल तथा मिड इन्डियामा नेशनल कस्ट्युमको उपाधी जितेकी थिइन् । सन २००४ मा मुग्धा फेमिना मिस इन्डिया कन्टेस्टमा सेमिफाइनलिस्ट समेत बन्न सफल भएकी थिइन् । त्यसपछि उनी बलिउडमा भविष्य खोज्दै मुम्बई पुगेकी थिइन् । मुग्धाकी मदुरा गोडसे नाम गरेकी एक बहिनी पनि छन् ।

खतराका खेलाडी सीजन–५ मा खतरनाक स्टन्ट गर्ने मुग्धाले कुनै बेला शाहरुख खानसँग एयरटेल विज्ञापनमा समेत काम गरेकी थिइन् । उनले बलिउडमा डेब्यू गर्नुभन्दा पहिले पाँच वर्षसम्म टेलिभिजन विज्ञापनमा काम गरेकी थिइन् । यस समयमा उनले कैयाँै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेशन शोहरुमा ¥याम्प समेत गरेकी थिइन् ।  
मुग्धाले कैयाँै पञ्जाबी र रिमिक्स गीतमा काम गरेकी छन् । कोका तेरा कोका, लेकर हम दीवाना दिल, मौजा लेन दे, चप–चप खडे हो तथा जब छाय मेरा जादुमा उनले काम गरेकी छन् । मुग्धाले सन् २००८ मा मधुर भन्डारकरको चलचित्र फेशनबाट बलिउड डेब्यू गरेकी थिइन् । पछि उनले कैयाँै बडिउड चलचित्र अल द बेस्ट, जेल, हेल्प, हिरोइन, साहेब, बीवी तथा ग्याङस्टार रिटन्समा काम गरिन् । उनी मराठी च्यानलको रियालिटी शोमा समेत जजको भूमिकामा काम गरेकी छन् ।

बलिउडको लिंक अप, गफिस तथा विवादबाट मुग्धा पनि अलग हुन सकिनन् । उनको नाम कैयौं कलाकारसँग जोडियो । रनबीर शौरी, मधुर भन्डारकर तथा राहुल देवसँग उनको नाम नजोडिएको होईन । रनबीर शौरीको नाम मुग्धासँग खरताको खेलाडीका बेला जोडिएको थियो । त्यस्तै फेशन चलचित्रका बेला उनको नाम भन्डारकरसँग पनि जोडिएको थियो । सन् २०१३ मा मुग्धा र राहुल देवकाबीचमा अफेयर चलेको हल्ला बाहिरिएको थियो । बलिउडमा प्रवेश गर्नुभन्दा पहिले उनको नाम मिथुन पुरान्दारेसँग समेत जोडिएको थियो । चलचित्र बिकिनी सीनका कारण पनि उनी चर्चामा आएकी थिइन् ।

मुग्धाले सन् २००९ मा चलचित्र फेशनका लागि बेस्ट फिमेल डेब्यू तथा स्टार स्क्रिन अवार्डमा बेस्ट सपोर्टिङ नायिकाका लागि छनोटमा परेकी थिइन् । चलचित्र जेलका लागि सन् २०१० मा उनलाई स्टारडस्ट सुपरस्टार अफ टुमारोको उपाधि दिइएको थियो । त्यही वर्ष उनलाई अल द बेस्टः फन बिगिन्सका लागि स्टारडस्ट ब्रेकथु्र परफमेन्सका लागि छनोट गरिएको थियो । बलिउड प्रवेश गर्नुभन्दा पहिले उनी फेमिना मिस इन्डिया कन्टेस्टमा सेमिफाइनलिस्ट पनि भइसकेकी थिइन् । एजेन्सीबाट

 

ताजा खबर