‘जात्रैजात्रा’ को गीतमा आइटम डान्स गर्दै करिश्मा, निश्चल र सारा

२०७५ फाल्गुण १९ आइतबार १३:२७:०० मा प्रकाशित

काठमाडौं, १९ फागुन । नेपाली चलचित्र ‘जात्रैजात्रा’ को एउटा गीतमा नायिका करिश्मा मानन्धर, नायक तथा निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइली देखिने भएका छन् ।

प्रदिप भट्टराईले निर्देशनमा रहेको यस फिल्मको ‘माया पिरिममा, अरुलाई दिन्न जोबन तिमी फिरीमा’ बोलको गीतमा यि तीन स्टारहरुको नृत्य हेर्न पाइने भएको हो । यि बाहेक चलचित्रका मुख्य पात्रहरु बिपिन कार्की र वर्षा राउतको पनि नृत्य यस गीत रहेको बताइएको छ ।

यो फिल्म ‘जात्रा’ को सिक्वेल रहेको थाहा भएको छ । चलचित्रमा वर्षा र बिपिन बाहेक दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया रहेका छन् ।

नेपाल आइडल पहिलो सिजनको फाइनलिष्ट निशान भट्टराई र गायिका मनीषा पोखरोलको को स्वर रहेको यस गीतमा कृष्ण भारद्वाजको संगीत रहेको छ ।

 

ताजा खबर