अजय देवगनको ‘टोटल धमाल’ सय करोड क्लबमा

२०७५ फाल्गुण १९ आइतबार १२:४७:०० मा प्रकाशित

एजेन्सी । स्टार नायक अजय देवगनको कमेडीमा आधारित बलिउड फिल्म ‘टोटल धमाल’ ले बक्स अफिसमा १ सय करोड भारुको आँकडा पार गरेको छ ।

सुरुको ४ दिनमै ५० करोडको व्यापार गरेको यस फिल्मलाई सय करोडको आँकडा पार गर्न ९ दिन लागेको छ । नायक अजयको सय करोडको आँकडा पार गर्ने यो नवौं फिल्म बनेको छ । त्यस्तै अजयको पछिल्लो तीनवटै फिल्मले लगातार सय करोडको क्लबमा स्थान पाएको हो ।

‘टोटल धमाल’ को आगामी दिनको व्यापारलाई भने धक्का लाग्ने भएको छ । यहि हप्ता रिलिज भएको ‘लुका छिपी’ सँग यस फिल्मको भिडन्त हुने भएको छ । दुबै फिल्मको प्रमुख विषय कमेडी भएकोले दर्शकलाई विकल्प भएको बताइएको छ ।

गत फेब्रअरी २२ मा रिलिज भएको ‘टोटल धमाल’ ले पहिलो दिनमा १६.५ करोड भारु को व्यापार गरेको थियो । सन् २०१९ मा पहिलो दिनको व्यापारमा सबैभन्दा अग्रस्थानमा रणविर सिंहको ‘गली व्याय’ रहेको छ । उक्त फिल्ममले पहिलो दिनमा १९.४ करोडको व्यापार गरेको थियो ।

रोहित शेट्टीको निर्देशनमा बनेको ‘टोटल धमाल’ मल्टी स्टारर कमेडी फ्रेञ्चाइज हो । यसमा अजयको साथसाथै अरशद वारसी, जाभेद जाफरी, रितेश देशमुख, बमन इरानी, माधुरी दिक्षित र अनिल कपूर जस्ता स्टारहरु रहेका छन् ।

 

 

ताजा खबर