नमागेको सल्लाह शेरबहादुर देउवालाई

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने’ भन्नु भएको पढियो !
शेरबहादुर दाइलाई त्यस्तो दावी गर्ने बानी छ !
२०५८मा आफूले विघटनको लागि सिफारिश गरेको प्रतिनिधि सभाको चुनाव गराई छोड्ने दावी पनि थियो उहाँको !
अनि प्रधानमन्त्रीको सिफारिसमा विघटित र सर्वोच्च अदालतले समेत उक्त विघटनलाई सदर गरिसकेको अवस्थामा अव प्रतिनिधि सभाको पुनरस्थापना असम्भव भनेर पनि उहाँ र वरिपरी बसेर उहाँलाई मन्त्रदान गर्नेहरू भनिरहन्थे !
माओवादीसँग मिलेर सरकार बनाउँदा र रेणु दाहाललाई भोट हाल्न ह्विप जारीगर्दा एकाध महिना भित्रै आफूहरूसँग सरकार चलाइरहेको दल विपक्षीसँग चुनावी तालमेल गर्न त के यौटै पार्टी बनाउन जालान भनेर पनि अनुमान गर्नु भएको थियो होला र शेरबहादुर दाइले ?
भारत, अमेरिका, क्यानाडा, रूस , अस्ट्रेलिया, ब्राजिल, जस्ता मुलुकको आवश्यकता होला संघियता !
तर नेपालको होइन !
स्विटजरल्याण्ड, बेल्जियम जस्ता मुलुकको सन्दर्भ नेपालको सन्दर्भमा तुलना नै गर्न नसकिने किसिमले अर्कै हो !
जुन आवश्यक होइन, त्यो बाँच्दैन !
टिक्दैन,
टिकाउन सकिन्न !
नेपाल जस्तो सानो मुलुकमा स्थानीय पहिचान दिन यी स्थानीय निकायहरू पर्याप्त छन् !
स्थानीय स्वशासनको अधिकार प्रचलन गराउन पनि ती पर्याप्त छन् !
निधिजीहरूको प्रसन्नताका लागि यस्ता दावी गर्ने बानी छोडौं दाइ !
तपाइँका भनिएकाले यो अवस्थामा लगिसके तै पनि ???
एउटा अर्को कुरा पनि पक्का जस्तै हुनुपर्दछ– रामचन्द्र दाइ, कृष्ण सिटौला र प्रकाशमानहरूले जुन दिनसम्म तपाइँलाई चुनौती दिइरहन्छन् , त्यतिन्जेलसम्म तपाइँ काङ्ग्रेसमा निर्विकल्प हो !
उनीहरूले लत्तो छोडेका दिन पार्टीमा तपाइँका वलिया विकल्प निस्कन्छन् !
त्यसैले उनीहरूलाई प्रवल विरोधी बनाइरहनुस !
अरू सशक्त प्रतिद्वन्द्वीहरू विरुद्ध उनीहरू तपाइँका सुरक्षा कवच हुन् !
तपाइँका सुरक्षा पर्खाल हुन् !
उहाँहरूले तपाइँलाई चुनौती दिइरहुन्जेल कोही नयाँ व्यक्ति तपाइँलाई चुनौती दिन पनि आउन्नन् र रामचन्द्र, सिटौला र प्रकाशमानहरू
आफ्नालागि तपाइँलाई पल्टाउन पनि सक्दैनन !
यो तपाइँलाई अत्यन्त अनुकूल र सुरक्षित अवस्था हो नी , होइन ?
सामान्य अवस्थामा मुलुकमा ठूलै उथल पुथल भएन भने त आगामी निर्वाचन पछि तपाइँ कै नेतृत्वमा सरकार !
के गरुन जनताले ?
यस्ता दावीगर्न छोड्नु होस् !
कमसेकम जनताले नरुचाए संघियता र धर्म निरपेक्षता रहन्न त भन्न सक्नुहुन्छ नी !
अलिअली त जनताको भाषा पनि बोल्नुस न !
जनता खुर्लुप्प सडकमा आए तपाइँको संघियता कहाँ बस्छ ?
(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराईको फेसबूकमा प्रेषित टिप्पणी)