क्यान्सरलाई जितेका इरफान खान फिल्ममा पुनः देखिंदै

२०७५ फाल्गुण १९ आइतबार १२:१८:०० मा प्रकाशित

एजेन्सी । बलिउड फिल्ममा पृथक अभिनयका कारण चर्चित बनेका इरफान खान पुनः फिल्ममा आउने भएका छन् ।

केहि समय अघि इन्डोक्राइन नामक क्यान्सर रोगले थलिएका इरफान उक्त रोगको सफल उपचारपछि भारत फर्किसकेका छन् । बेलायतमा लामोसमय बसि उक्त रोगसँग लडेका इरफानले आफुलाई अनौठो रोग लागेको बताएका थिए ।

इरफानसँग नजिकको सम्बन्ध रहेका बलिउडका निर्देशक तिग्मांशु धुलियाले केहिसमय अघि उनलाई मुम्बईस्थित उनको घरमै भेटेको थाहा भएको छ । उक्त भेटको क्रममा इरफान तन्दुरुस्त देखिउको धुलियाले बताए ।

सन् २०१७ मा इरफानले काम गरेको फिल्म ‘हिन्दी मिडियम’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । २३ करोडमा बनेको उक्त फिल्ममले ३ सय ४० करोडको व्यापार गरेको थियो ।

इरफानले सोही फिल्मको सिक्वेल ‘इंग्लिस मिडियम’ मा छिट्टै काम गर्ने बताइएको छ । उक्त फिल्मका निर्माता दिनेश भिजानले इरफान विना ‘हिन्दी मिडियम’ को सिक्वेल बनाउने कल्पना पनि गर्न नसक्ने बताएका छन् ।

इरफान काममा फर्किने पक्का भएपछि सिक्वेल फिल्म ‘इंग्लिस मिडियम’ बन्ने पक्कापक्की भइसकेको छ । यो सँगै दर्शकले इरफानको कलाकारितालाई फेरी एकपटक ठुलो पर्दामा हेर्न पाउने भएका छन् ।
 

 

ताजा खबर