बिहे गर्दैछिन् कंगना रनौट ?

२०७५ फाल्गुण १९ आइतबार ११:५६:०० मा प्रकाशित


एजेन्सी । लामो संघर्ष पश्चात बलिउडमा स्थापित भएकी नायिका कंगना रनौट स्पष्टवक्ताको रुपमा पनि चर्चित छिन् । यहि स्वभावले उनलाई समाचारको शिर्षकहरुमा बारम्बार ल्याइनै रहेको देखिन्छ ।

सानो कुरामा पनि तुरुन्तै रिसाइ सोही अनुरुप वक्तव्य दिने कंगना आफ्ना पछिल्लो फिल्म ‘मणिकर्णिका’ को क्रममा पनि खुबै विवादमा आएकी थिइन । हालसालै दिल्लीमा आयोजित एक कार्यक्रममा सामेल भएकी नायिका कंगनाले स्थानिय समाचार पोर्टलसँग कुरा गर्दै आफु ‘रिलेसनशिप’ मा रहेको बताएकी छिन् ।

कंगनाको जिवनमा कोही भएको तर नाम अहिले बताउन नचाहेको कुराकानी बताएको उक्त पोर्टलले उल्लेख गरेको छ । उनले उक्त अन्तर्वार्तामा आफुले छिट्टै विवाह गर्नसक्ने आशय व्यक्त गरेको पनि दाबी गरिएको छ । तर मिति भने उनले खुलाएकि छैनन् ।

यसअघि उनी ऋतिक रोशनसँगको सम्बन्धमा रहेको बताइएको छ । यी दुईबिच सम्बन्ध रहेपनि ऋतिकले यस सम्बन्धबारे कहिल्यै खुलेर बोलेनन् । उनी विवाहित भएकोले पत्नि सुजैनसँग डिभोर्सको प्रक्रियामा थिए । यहि बिच कंगनाले सार्वजनिक रुपमा आफ्नो सम्बन्ध ऋतिकसँग भएको बताएपछि उक्त जोडी नै विवादमा आएको थियो ।

ऋतिकले भने यस सम्बन्धलाई कहिल्यै स्वीकार गरेनन् । श्रीमतीसँग डिभोर्स भएपछि पनि कंगनाको ऋतिकसँग सम्बन्ध बन्नुको साटो थप बिग्रदै गएको थियो । यि दुई बिच विवाद नै चुलिएको थियो । यस विषयमा ऋतिकको तुलनामा कंगनाको तर्फबाट अलि बढि नै मिडियाबाजी भएको आरोप पनि लाग्ने गरेको छ ।

यस्तो कठिन अवस्थाबाट अघि लागेकी कंगनाले अहिले आफु कसैसँग डेटिङ जानुपर्ने अवस्थामा भने नभएको बताएकी छिन् । उनले डेटिङ जाने भन्दा आफुलाई साथ र सहयोग दिने साथी आफुलाई ठिक हुन् बताएकी छिन् ।

कुराकानीकै प्रसंगमा कंगना सधैं आक्रामक रुपमा प्रस्तुत किन हुन्छिन् प्रश्नमा भने उनले हास्दै भनिन, ‘हो, म सधैं आक्रामक रुपमा प्रस्तुत हुन्छु । पुरुषहरुलाई यस्तै आक्रामक रुपमा प्रस्तुत हुने महिला आकर्षक लाग्छ जस्तो मलाई लागेको छ  । ’

 

ताजा खबर