संजय लीला भंसालीको फिल्ममा आउँदै सलमान खान

२०७५ फाल्गुण १७ शुक्रबार १३:०९:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा स्टारडम भएका सिमित नायक मध्येका एक सलमान खान र पृथक परिचय भएका निर्देशक संजय लीला भंसाली एउटै फिल्ममा काम गर्न लागेको थाहा भएको छ ।

करिब १२ वर्ष अगाडी ‘साँवरीया’ नामक फिल्ममा सँगै काम गरेका यि दुई हाल ‘हम दिल दे चुके सनम २’ मा सँगै काम गर्न लागेको बताइएको छ ।
 
प्राप्त सूचनाअनुसार भंसालीले फिल्मको स्क्रीप्ट सलमानलाई व्याख्या गरिसकेको र सलमानले पनि कथावस्तु मनपराएको दाबी गरिएको छ । यो फिल्म पुरानो फिल्मको सिक्वेल वा रिमेक भने नहुने यसअघि नै बताइएको छ ।
 
सिक्वेल नभएपनि यो फिल्ममा पुरानै नाम प्रयोग गर्नुको मुल कारण त्यतिबेला सलमान र ऐश्वर्या राय बिचको केमेष्ट्रीले जुन चर्चा पाएको थियो, त्यस्तै आकर्षक तत्व अब बन्ने फिल्ममा रहेको भंसालीले विश्वास गरेको थाहा भएको छ ।

यो फिल्मको कथावस्तु विल्कुलै फरक भएको र सलमानको साथमा ‘ए लिस्ट’ मा रहेकी नायिका छनौट हुने बताइएको छ ।

हाल सलमान खान आफ्नो फिल्म ‘भारत’ मा काम गरिरहेका छन् । यो फिल्मको काम लगभग सकिन लागेको र यहि मार्च महिनाका अन्त्यतिर उनको अर्को फिल्म ‘दबंग ३’ को शुटिङ शुरु हुने भनिएको छ ।
 
उक्त फिल्मको समाप्ती पछि सन् २०१९ को अन्त्यतिर सलमानले संजय लीला भंसालीको फिल्ममा काम गर्ने र सन् २०२० मा उक्त फिल्म रिलिज गर्ने सोच बनाएको बताइएको छ ।


 

 

ताजा खबर