मनकारी अक्षय कुमारको यस्तो उदारता

२०७५ फाल्गुण १७ शुक्रबार १२:१९:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा धेरै कमाउने नायक सूचीहरुको शिर्ष तीन स्थानमा पर्ने अक्षय कुमार विभिन्न विषयहरुले चर्चामा आउने गरेका छन् ।

अक्षयले पछिल्लो समय काश्मिरको पुलवामा मारिएका सैनिकका परिवारलाई भारु ५ करोडको सहयोग गर्ने घोषणा गर्दै अरुलाई पनि सहयोग गर्न आव्हान गरेका थिए ।

त्यस्तै उनले एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवाललाई पनि भारु ५ लाख सहयोग गरेका थिए ।

त्यस्तै हालसालै भएको पिछडिएका समुदायको जोडीहरुको सामुहिक विवाहको कार्यक्रममा जान उनले समय मिलाएका थिए । उक्त कार्यक्रममा उनले एकसय दुलहीलाई उनले जनही भारु १ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

उक्त रकम ति नव विवाहित दुलहीहरुको खातामा नै जम्मा गरिदिने बताइएको छ । उक्त रकम उनले नयाँ जोडीको जिवनमा केहि राम्रो सुरुवात गर्न सहयोग होस् भनि दिएको बताइएको छ । उनको उक्त व्यवहारलाई सोसल मिडियामा राम्रो समर्थन दिइएको छ ।

अक्षय कुमारको हाल उनको फिल्म ‘हाउसफुल ४’ को शुटिङमा व्यस्त छन् । त्यस्तै उनले रजनीकान्तसँग खेलेको फिल्म ‘२.०’ पनि रिलिज हुन् क्रममा छ ।   
बलिउडमा प्रशस्तै फिल्ममा व्यस्त हुने यि स्टार पछिल्ला समय निजी व्यवहारले पनि चर्चित हुँदै गइरहेको थाहा भएको छ ।

 

ताजा खबर