किन गरियो नेपाल विरुद्ध श्रृंखलाबद्ध षड्यन्त्र

२०७५ फाल्गुण १७ शुक्रबार १२:१९:०० मा प्रकाशित

पृथ्वीनारायण शाहको जन्मजयन्ति कहिले आउला र उनका बारेमा उछित्तो काढौंला भनेर बस्ने जमात नेपालमा झाँगिदै गएको छ । त्यसैगरि पृथ्वीनारायण शाहको भजन गाएर राजनीति गर्न खोज्नेहरुको झुण्ड पनि पुष सत्ताइस वरिपरितिर खुब सल्बलाउँछन् । यथार्थमा पृथ्वीनारायण शाहले एउटा सिंगो एवं सार्वभौम नेपाल मात्रै दिएनन्, नेपाल विरोधी अन्तर्राष्ट्रिय एवं विदेशी अतिक्रमणकारीहरुको हुण्डी खाएर जीविका चलाउने अकर्मण्य एवं निर्लज्ज धुन्धुकारीहरुका लागि कमाइखाने श्रोत पनि दिएका छन् ।

हामी जुन देशलाई मेरो देश भनेर गर्व गर्छौ, हामी कहिलै विदेशीको दासतामा नपरेका नागरिक भनेर उदात्त स्वर उचाल्छौं, तर तिनै स्वरहरु नेपाललाई दासताबाट मुक्त गराउने एउटा महानायकको विरुद्धमा कपोल–कल्पित घटना रचेर केही विदेशीले लेखिदिएको झुठो दस्तावेजको आधारमा राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई सरापेर थाक्दैनौँ । हामी कहिल्यै दास भएनौं भन्दै विदेशीको एक मुठो घाँसमा विकेर चर्को भाषण गर्नेहरु सबैभन्दा चर्को स्वरले नैतिकता र राष्ट्रवादको कुरा गर्छन् । नेपाली समाजको एउटा त्यस्तो बर्ग जो नैष्ठिक कर्म गर्ने आफ्नो परम्परालाई तोड्दै आफ्नै अस्मिता वेचेर त्यही अस्मिताको लाश चिथोर्दै आफ्ना निकृष्ट लोभजन्य स्वार्थ पूरा गर्ने विडम्बनापूर्ण परिणतिमा पुगेको    छ ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्र बनाउँछु भनेर युद्ध शुरु गरेका होइनन् । बरु राज्य विस्तार गरेर आफू ठूलो राज्यको राजा बन्ने अभिलाषाबाट उद्यत थिए भन्ने आरोप छ । यसको सरल उत्तर छ–जसले यो तर्क गर्छ उहाँ आफैं उहाँका पिता माताको कामजन्य आवेगका कारण जन्मनु भयो तर अब उहाँलाई उहाँका पिता–माताले जन्माएको सन्तान भन्ने कि नभन्ने ? जुनसुकै अभिधेयबाट जन्मिए पनि परिणाममा एउटा मानिस पैदा हुन्छ । त्यस्तै अर्को हास्यास्पद तर्क के छ भने पृथ्वीनारायण शाहले युद्धमा धेरैको हत्या गरे, उनी खुनी हुन् भन्ने आरोप छ । यो आरोप बढी मात्रामा हिजो दश वर्षसम्म माओवादीका हिंसात्मक गतिविधिमा संलग्न अर्थात् त्यो अमानवीय हिंसाको समर्थन गर्नेहरु छन् । कक्षा कोठामा पढाइरहेका शिक्षकलाई गोली हानेर, रेटेर अथवा ढुङ्गाले थिल्थिलो बनाएर हत्या गर्नुलाई राजनीतिको जामा पहि¥याएर आज तिनै देशका शासक बनेका छन् । अझ त्यो समय र यो समयको तुलना गरौं ।

अढाइ सय वर्ष पहिलाभन्दा पनि कयौं गुना क्रुर हत्याहरु भर्खरै भएको दशवर्षे हिंसात्मक गतिविधिमा भएको छ । मानिसको हत्या मात्रै हैन, अर्बौंको राष्ट्रिय सम्पत्तिको ध्वंश गरिएको छ, अर्बाैं रुपैयाँ पैसा बैंकबाट लुटिएको छ । बिकासका संरचनाहरु देश वीस वर्ष पछाडि पर्नेगरी नष्ट गरिएको छ । तर अहिले उपलब्धीको सट्टा देशमा जातीय द्धन्द सृजना गर्ने, मिलेर बसेका नेपालीहरुका वीच फाटो सृजना गरेर आफू शासन गर्ने, देशलाई विदेशीका इशारामा कथित संघीयताको भुँमरीमा फसाएर राष्ट्रियतालाई कमजोर बनाउने, सनातनदेखि चल्दै आएको सांस्कृतिक सभ्यताको अमूल्य पूँजीलाई जगैदेखि हल्लाएर समाप्त गर्ने जस्ता नितान्त अपराधिक कामहरु बाहेक अरु केही हात लाग्न सकेन ।

सामन्तवादका विरुद्ध भनेर लड्नेहरु आज नेपालको मात्रै हैन विश्वकै एक धनाढय नव–सामन्तको रुपमा प्रस्तुत भएका छन् । राज्यबाट दिनदिनै जस्तो अनेकौं बहानामा लूट मच्चाइएको छ । माफियाहरुको कठपुतली बनेका छन् । आफ्नै लडाकुको चार अर्ब भ्रष्टाचारको कुरा आउँदा खण्डन गर्नेसम्मको हिम्मत देखिएन, एनसेल कंपनीसँग जोडिएर वीस अर्बको भ्रष्टाचार सम्बन्धी विषय मिडियामा बग्रेल्ती आए तर त्यसको नत खण्डन भयो नत कुनै किसिमको संवोधन भयो । झण्डै वीस हजार मानिसको हत्या गरेर, लाखौंलाई आफ्नो घर–ठाँउबाट विस्थापित गराएर, हजारौलाई अपाङ्ग बनाएर आज शासनमा बस्नेहरुकै आसेपासेहरु पृथ्वीनारायण शाहलाई सत्तो सराप गरिरहेका छन् ।

तेतिबेला युद्धमा केही हुन नहुने घटना भए होलान् त्यो मध्ययुगीन असभ्य एवं अज्ञानी समाजको समयमा घटेका केही घटनाहरुलाई जोड्दै सिङ्गो अधिराज्यका जन्मदाता पृथ्वीनारायण शाहलाई सराप्नु आफंैमा दुर्भाग्यपूर्ण छ । अहिलेको आधुनिक युगमा आफ्नै श्रमले कमाएर खान छोडेर आफ्नो धर्म, संस्कृति एवं राष्ट्र नै बेच्न उद्यत हुनेहरु नै वास्तवमा खुनी हुन् । राष्ट्रका शत्रु हुन् । जसले सम्पूर्ण जात, भाषा, धर्म एवं संस्कृतिको सम्मान गर्दै चार जात छत्तीस वर्णको साझा फूलवारीका रुपमा नेपाललाई चित्रित गरेको छ ऊ चाहिं गलत अनि जसले मिलेर बसेका सम्पूर्ण जात एवं वर्गलाई फुटाएर नेपालको अस्तित्व समाप्त गर्न खोज्दैछ, उ चाहि नेपालको पक्षपाति भन्नु एक मजाक मात्र हो ।

अहिले उल्टोपाल्टो तर्क दिएर पृथ्वीनारायण शाहको ईष्र्या गर्नु भनेको सिधै नेपाल माथिको आक्रमण हो । नेपाल राष्ट्रलाई सम्पूर्ण रुपमा सिध्याउने बाहिरी शक्तिको चाललाई उनीहरुको अघोषित एजेण्टका रुपमा काम गर्ने घोर राष्ट्रघाति चरित्र कहिले राष्ट्रका एकीकरण कर्ताको मान–मर्दन गर्छन् त कहिले नेपाली मौलिक पहिचानको धरोहर सांस्कृतिक सभ्यता एवं सनातन ज्ञान–परम्परामाथि आक्रमण गरिरहेका छन् । 

धेरै पहिलादेखि नेपालको इतिहास मेट्ने प्रयास भईरहेकै थियो, तर खासगरी २०५१ साल फागुन १ गतेदेखि उद्घोष गरिएको कथित जनयुद्ध नेपाल विरुद्धको पहिलो आक्रमक ‘मिशन’ थियो । नेपालको इतिहास समाप्त गरे मात्र नेपाललाई सिध्याउन सकिन्छ भन्ने निष्कर्षका साथ त्यो कथित जनयुद्ध शुरु गरिएको थियो । पहिला सनातन सभ्यता नष्ट गर्दै अनि बाँकी धरोहरुमाथि आक्रमण गर्ने योजना स्पष्ट देखिन्छ ।

१. कथित जनयुद्धका बेला जनताको घर–घरमा गई (खासगरी सुदुर पश्चिमतिर) पूजा गरीरहेका पाञ्चायन देवताहरु फालेर थुथु गरी कुल्चिदै                 अबदेखि पूजा गरेमा ‘सफाया’ गरिदिने धम्कि दिइएको थियो ।

२. हिन्दु तथा बौद्ध मठ मन्दिर एवं गुम्बाहरु भत्काउँदै हिँडेको र मन्दिरभित्र रहेका घण्ट, मूर्तिहरु फुटाएर बन्दूकको गोली बनाउने काम भएको           थियो ।

३. गाउँ गाउँमा हिन्दु धर्ममाथि आस्था राख्ने जनताको अगाडि तिमीहरुले पूजा गर्ने गाई हामी काटेर खान्छौ भन्दै गाई काटेर खाने–खुवाउने काम           भएको थियो ।

४.  ब्राम्हण बटुकहरुको जनै काटेर गुरुकुल पाठशाला बन्द गराउनुका साथै देशभर रहेका संस्कृत विद्यालयहरु बन्द गर्न लगाइएको थियो र आज          देशभर संस्कृत विद्यालयहरु साधारण विद्यालयका रुपमा सञ्चालित छन् । संस्कृत विद्यालयहरु चाहि बन्द गराइए तर गौतम बुद्ध भारतमा             जन्मिएका हुन् । हाम्रो राजधानी नयाँदिल्ली हो भनेर पढाउने विद्यालयहरु निर्वाध सञ्चालित भई नै रहे ।

५. शिक्षण संस्था, अस्पताल, वृद्धाश्रम जस्ता सामाजिक एवं कल्याणकारी संघ संस्थाहरुका लागि प्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै हिँडेका                   पं.नारायण प्रसाद पोखरेलको गोलि हानी हत्या गरिएको थियो ।

६. सबै नेपालीहरुले अत्यन्त हर्षोल्लासका साथ मनाउँदै आएको दशै–तिहार राष्ट्रिय पर्वलाई कुनै सीमित जातिको मात्र पर्व हो भनेर सिधा साधा           जनतालाई भड्काउँदै दशैं वहिष्कार गर्ने अभियान शुरु गरियो ।

७. कथित जनयुद्धकालमा हिन्दु–धर्मका पुरोहितहरु सर्वत्र असुरक्षित भए मन्दिर एवं गुम्बाहरु हिंशात्मक जत्थाका व्यारेक बने तर पादरीहरु एवं चर्चहरु सुरक्षित थिए, दिनानदिन चर्चहरुको संख्या बढ्दै गएका थिए । 

८. हिन्दु सनातन सभ्यतालाई विभेदकारी भन्ने आरोप छ । छुवाछुतको परम्परालाई लिएर हिन्दु परम्पराको तीव्र आलोचना भईरहेको छ । यसमा       पहिलो कुरा त छुवाछुत हिन्दु सभ्यताको मर्म हुदै होइन । यो त हिन्दु सभ्यताको विकृत रुप हो । यो विकृत रुपलाई हिन्दु सभ्यताको दर्शनको रुपमा व्याख्या गर्नु पूर्णत: गलत छ । अब त राज्य प्रगतिशील एवं अग्रगामी छ । नेपाल धर्मराज्य हैन, अग्रगामी संविधानले सञ्चालित छ । यस्तो अवस्थामा छुवाछुत एवं विभेदकारी व्यवहार गरेमा राज्यले कार्वाही गर्नुपर्छ । संविधानमा छुवाछुत एवं विभेदकारी व्यवहारलाई दण्डनीय बनाइएको छ । कारवाही नगर्नु राज्यको कमजोरी हो । हिन्दु, बौद्ध सभ्यताभित्र रहेका कल्याणकारी वैज्ञानिक ज्ञानपरक बिषयलाई वेवास्ता गर्ने अनि हिन्दु दर्शनको मर्म विपरित आएको कुसंस्कारलाई मात्रै टिपेर यही नै हिन्दु सभ्यता हो भन्नु पूर्णतः नियोजित कुप्रचार मात्रै हो ।

जुन सभ्यतामा ‘वसुधैव कुटुम्बकम’ अर्थात सिङ्गो पृथ्वी नै एउटा परिवार हो भन्ने उदात्त भावना छ त्यो विरुद्ध नियोजित योजनाका साथ अपव्याख्था गरिनु हास्यस्पद मात्रै हैन आफ्नो यति अनूपम सभ्यता माथि सानु एवं क्षूद्र स्वार्थका लागि पशु झैं वेचिएर प्रयोग हुनु दुर्भाग्यपूर्ण हो ।

कंग्रेस आइ कि अध्यक्ष एवं क्रिश्चियन एजेण्टका रुपमा पनि काम गरीरहेकी सोनिया गान्धीको संरक्षण एवं निर्देशनमा नेपालको अस्तित्व समाप्त गर्ने डिजाइनका साथ हजारौं नेपालीको हत्यामा संलग्न आततायी पक्षको नेपाल विरुद्ध गरिएका एक पछि अर्को आक्रमणबाट नेपाललाई बचाउन नेपाली जनता नै सचेत हुनुपर्छ । यही नै एकमात्र भरोसा हो । नेता त सबैजसा विदेशी दलाल हुन ।
 

ताजा खबर